ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा विमानस्थल निर्माणका लागि बजेट सुनिश्चित छैन : मन्त्री पाण्डे


एबीसी न्यूज
२ पुस २०८१, मंगलबार   १ : १६   बजे

काठमाडौं २ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले बजेट सुनिश्चित नहुँदा उदयपुर जिल्लामा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अगाडि बढाउन नसकिएकोे बताउनुभएको छ ।

प्रस्तावित विमानस्थल निर्माण गर्नका लागि छुट्याइएको जग्गाको स्थलगत अवलोकन गर्न सोमबार अपरान्ह उदयपुरको त्रियुगा नगरपालिका(१ स्थित जोगिदह पुग्नुभएका मन्त्री पाण्डेले विमानस्थल निर्माण समितिद्वारा आयोजित एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

सरकारसँग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा विगत लामो समयदेखी निर्माणको काम रोकिएको बताउनुहुँदै मन्त्री पाण्डेले यहाँ जग्गाको मुआव्जासमेत तिर्नु नपर्ने अवस्था रहेको र जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा सरकारले बजेट सुनिश्चित गरेर निर्माणको कायलार्ई सुचारु गर्न सरकारका विभिन्न निकायहरुबिच अहिले छलफल भइरहेको जानकारि गराउनुभयो। उहाँले उदयपुरको यो सगरमाथा विमानस्थल निर्माणका लागी लागत स्टमेट तयार गरेर जनस्तरको सहभागीतासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले संयुक्त रुपमा बजेट विनियोजन गरी आर्थिक सुनिश्चितता गर्न अति आवश्यक रहेको भन्दै मन्त्री पाण्डेले राज्यसँग अहिले बजेट अभाव भएकोले यो योजनाका लागि बजेट विनियोजन गर्न नसकेकोले सबै पक्ष मिलेर, सबै पक्षको लागत सहभागितामा मात्र यो विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी, मन्त्रालयका सचिव डा।गणेशप्रसाद पाण्डे, उदयपुर निर्वाचन क्षेत्र नं। १ का संघिय सांसद डाक्टर नारायण खडकासहित प्रस्तावित सगरमाथा विमानस्थलको अवलोकन गर्न पुग्नुभएका मन्त्री पाण्डेले बजेट अभावको कुरा देखाउँदै जनस्तरको सहभागीतासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरि विमानस्थल निर्माणको कार्य सुरु गर्नुपर्ने बताएपछि स्थानीय भने विमानस्थल नबन्ने भन्दै निराश भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका(१ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिव २६ प्रजातिका करिव १५ हजार रुख कटान गरि सगरमाथा विमानस्थल निर्माणको लागि जग्गा खाली गरिएको भएपनि पछिल्लो समय हरियो रुख काटेर काठ बयवासायी मार्फत ठूलो परिमाणमा काठ बिक्रि गर्ने बाहेक विमान स्थल निर्माणको काम पूर्ण रुपले रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group