ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्रलाल प्रधानविरूद्ध नेपाल हाइड्रोको सेयर जालसाजी कारोबारको मुद्दा


एबीसी न्यूज
२ पुस २०८१, मंगलबार   ५ : ४९   बजे

काठमाडौं २ पुष । जिल्ला सरकारी वकिल कार्यालयले ज्ञानेन्द्रलाल प्रधानविरूद्ध दायर गरेको सम्पत्ति शुद्धीकरणको मुद्दाको मुख्य आधार जालसाजीयुक्त सेयर कारोबारलाई बनाइएको छ।

नेपाल हाइड्रो डेभलपर्सको आफ्नो १६।८८ प्रतिशत हित नियन्त्रण रहेको सेयरलाई आफ्नो नाउँबाट सो अवधिमा बिक्री गर्न हुँदैन भन्ने जानीजानी परिवारका सदस्यलाई नामसारी गरेर बिक्रीबाट उच्च लाभ लिने मनसाय रहेको देखिन्छ,  कार्यालयले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।

कार्यालयले प्रधानविरूद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरेको हो।

प्रधानले २०७८ साउन १४ गतेदेखि २०७८ माघ २० गतेसम्म पटक–पटक गरेर पाँच लाख बढी कित्ता सेयर श्रीमती बिमला श्रेष्ठ, छोरा चेतन र छोरी निभिता प्रधानको नाममा नामसारी गरेका थिए।

तर, नामसारीलगत्तै ती सेयर दोस्रो बजारमा बिक्री समेत भएको थियो। यी सेयर दोस्रो बजारमा बिक्री हुँदा करिब २६ करोड ३३ लाख रूपैयाँ प्रधान परिवारले प्राप्त गरेको थियो।

प्रधानले २०७८ भदौ १३ गते कम्पनीको अध्यक्षबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि पनि उनले केही सेयर नामसारी गरेका थिए।

उनले सेयर नामसारी गर्नु दुई महिनाअघि कम्पनीको सेयर प्रत्तिकित्ता तीन सय ४० रूपैयाँमा कारोबार भइरहेकोमा मूल्य ६ सय रूपैयाँ माथि पुग्दा नामसारी गर्दै सेयर बिक्री गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानले बयान दिएजस्तो घरायसी नामसारी मात्रै भए एकैपटक गर्न सक्ने अवस्थामा पनि किन ६ महिनाको अवधि लिएर पटक–पटक नामसारी गरे भनेर समेत कार्यालयले कारोबारमाथि प्रश्न उठाएको छ।

उनले भित्री सूचनाको आधारमा नै यसरी सेयर नामसारी गर्ने र सेयर बिक्री गराउने गरेको अभियोग पत्रमा उल्लेख छ।

अंशबण्डालाई आधार बनाएर प्रधानले प्रत्यक्ष रूपमा गर्न नहुने काम अप्रत्यक्ष रूपमा पनि गर्न हुँदैन भन्ने फौजदारी कानुन विपरीत समेत गरेको कार्यालयले अभियोग पत्रमा उल्लेख गरेको छ।

सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा रूपान्तरण गर्ने मनसायले अंशबण्डाको विधि अवलम्बन गरेको भन्दै उनलाई सम्पत्ति शुद्धीकरणको कसुर गरेको भन्दै कार्यालयले अभियोग दायर गरेको हो।

प्रधानले भने आफूले २०७६ चैत २६ मा नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएको भए पनि अन्य सञ्चालकहरू मुलुक बाहिर रहेको कारण राजीनामा सोही समयमा स्वीकृत नभएको अनुसन्धानको क्रममा बयान दिएका थिए।

उनले आफ्ना परिवारका सदस्यहरूको प्रयोग गरेर लाभा लिने उद्देश्यले सेयर बिक्री नगरेको र बिना मूल्य अंशबण्डा दिएको बयान दिएका थिए।

कार्यालयले प्रधान पत्नी तथा छोराछोरीलाई भने सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ।

त्यस्तै, सम्पत्ति शुद्धीकरणको कसुरमा प्रधानबाट काभ्रेमा रहेको जग्गाबाट दुई करोड ३७ लाख, मोदी इनर्जी र सुपरमादी हाइड्रोमा रहेको संस्थापक सेयरको हुने रकम २४ करोड चार लाख रूपैयाँबाट बिगो रकम जफत गर्न सकिने उल्लेख गरिएको छ।

प्रधानविरूद्ध २६ करोड ३९ लाख रूपैयाँ बिगो दाबी गर्दै कार्यालयले अभियोग दायर गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu