काठमाडौं ३ पुष । क्यानडाले नयाँ सीमा नियमको घोषणा गरेको छ । यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिनेछ । नयाँ नियमले सीमा निगरानीलाई मजबुत बनाउने र सङ्गठित अपराध नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले हालै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका बेला क्यानडाको पछिल्लो घोषणा सार्वजनिक भएको हो ।
ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागूऔषध रोक्न आवश्यक भएको बताउदै आउनुभएको छ । अर्थशास्त्रीहरूले ट्रम्पको घोषणाले क्यानाडाको अर्थतन्त्रलाई धक्का दिन सक्ने बताएका छन् ।
यसअघि ट्रम्पले लगाउन सक्ने करको मुद्दामा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उपप्रधान तथा अर्थमन्त्री फ्रिल्यान्डबीच मतभेद हुँदै आएकामा हिजो फ्रिल्यान्डले राजीनामा दिनुभएको थियो । त्यसपछि विपक्षीले प्रधानमन्त्री ट्रुडोलाई पनि पदबाट हट्न दबाब दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्