काठमाडौं ३ पुष । टोरन्टो, क्यानडाले सीमासम्बन्धी नयाँ नियमहरू घोषणा गरेको छ। यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिने बताइएको हो।
नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइनेछ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका बेला क्यानडाले यो घोषणा गरेको हो ।
ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागुऔषध रोक्न आवश्यक भएको बताएका थिए । ट्रम्पको घोषणापछि अर्थशास्त्रीहरूले यस्तो करले क्यानडाको अर्थतन्त्रलाई नै धक्का दिन सक्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्