ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध लुकाउनकै लागि रवि लामिछानेले दल खोलेको एमाले नेता महेश बर्तौलाको आशंका


एबीसी न्यूज
३ पुस २०८१, बुधबार   २ : १०   बजे

काठमाडौं ३ पुष ।     नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको पर्याप्त प्रमाणहरु रहेको बताएका छन् ।

नेता बर्तौलाले अहिले रवि लामिछानेमाथि मात्रै सहकारी ठगीमा छानविन भएको जस्तोगरी प्रचार गरिएको बताए । उनले सूर्यदर्शन सहकारीमा मात्रै ५१ जनालाई प्रतिवादी बनाईएको र देशमा अहिले २९ हजार नागरिक कुनै न कुनै अभियोगमा थुनामा रहेको बताए । आरोप लागेपछि लामिछानेमाथि अनुसन्धान हुन हुँदैन भन्ने शोभनीय नहुने उनको भनाइ छ ।

‘हामीले बाहिरबाट देख्दा तथ्य प्रमाणहरु छन् । अब यसको परीक्षण भोलि अदालतबाट होला । उहाँविरुद्धको प्रमाणको भार पुर्याउन दायित्व उहाँ स्वयंको हो । उहाँले पुर्याउनुहोला, यहाँमा हाम्रो कुनै आपत्ति छैन । अनुसन्धानमा उहाँमात्रै होईन । उहाँसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । यो देशका २९ हजार नागरिक जेलमा छन्,’– उनले भने ।

साथै, उनले लामिछाने विभिन्न अपराधमा संलग्न भएर त्यसबाट जोगिनकै लागि राजनीतिमा आएको हुनसक्ने आशंका व्यक्त गरे । उनले यसरी राजनीतिमा आउनु लोकतन्त्रका लागि पनि घातक हुने उनको भनाइ छ ।

‘राजनीतिमा आउनुभन्दा पहिला सांसद हुनुभन्दा पहिला यत्रा विभिन्न खालको आर्थिक अपचलनसँग जोडिएको विषयमा उहाँको संलग्नता आफैंमा पनि यो गम्भीर विषय हो । यस्ता चिजलाई प्रोटेक्टसन गर्न उहाँ राजनीतिक पार्टी खोलेर आउनु भएको हो भने लोकतन्त्रमा यो भन्दा डरलाग्दो र भयानक विषय के हुनसक्छ ? प्रश्न गर्दै उनले भने ।

साथै, विधिको शासन र लोकतन्त्रमा हिरासतबाट पार्टी सञ्चालन हुन नसक्ने उनले बताए । रास्वपाको केन्द्रीय समितिले संस्थागत निर्णय गर्दै आफ्ना सभापति निर्दोष रहेको भन्दै रिहाइको माग गर्नुपनि हाँस्यास्पद रहेको उनको भनाइ छ । रास्वपाले आफ्नो सभापतिको पक्राउका विरुद्धमा गरिरहेका सबै गतिविधि गलत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group