ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गयो


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ४ : ३३   बजे

काठमाडौं ११ पुस ।   पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको र अरू धेरै जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । अस्ति मंगलवार र हिजो बुधवार पाकिस्तानका बम वर्षक विमानले चार ठाउँमा आक्रमण गरेका थिए ।

पाकिस्तानी तालिबान टीटीपी० लडाकू समूहको शिविरमा हवाई आक्रमण गरेको पाकिस्तानले स्वीकार गरेको छ । तर, अफगानिस्तानको तालिबान सरकारले यसको बदला लिने बताएको छ । यो क्रूर कार्य सबै अन्तर्राष्ट्रिय सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खुराजमीले बताउनुभएको छ ।

अफगानिस्तानको विदेश कार्यालयले काबुलमा रहेको पाकिस्तानका मिसन प्रमुखलाई आक्रमणबारे जवाफ दिन बोलाएको छ । पाकिस्तानको विद्रोही समूह टीटीपीले लामो समयदेखि हत्या र आतङ्क मच्याउँदै आएको छ । यो समूह अफगानिस्तानको तालिवानप्रति पूणै वफादार रहेको छ । यसको घोषित उद्देश्य पाकिस्तानमा इस्लामिक धार्मिक कानून लागू गर्नु हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu