काठमाडौं ११ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्ति जनाएका छन् । सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको थियो ।
त्यसप्रति आपत्ति जनाउँदै विप्लवले प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्यायो रु महिलालाई बन्दुक कसले बोकायो रु कमाण्डर कसले बनायो रु नेतृ कसले बनायो रु कसरी लेख्न सकेको रु न्यायालयले के लेख्न खोजेको हो ?
उनले ओलीलाई प्रश्न गर्दै देशको व्यवस्था परिवर्तनमा जनयुद्धले गरेको भूमिकाको चर्चा गरे ।
‘अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । संसद्देखि न्यायालयसम्म, ब्युरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त रु ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो रु,’ उनले भनेका छन्, ‘उसो भए, प्रकाश सपुतले लेखेको गीतको याद आउँछ,
फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो रु रातो स्कुटर कसले किन्दियो रु हैन रु केपीजीलाई सोध्नुपर्ने भएको छ, तपाईंलाई ताज कसले बनाइदियो रु कुर्सी कसले पहिराइदियो रु तपाईंलाई राज कसले बनाइदियो रु तपाईं बसेको ठाउँ कसले बनायो ?
प्रतिक्रिया दिनुहोस्