ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   १० : ४२   बजे

काठमाडौं १२ पुस । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी एनओसी० को भोलिको लागि तय भएको चुनाव रोक्ने आदेश दिएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा चुनाव गर्न लागेको भन्दै कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

मनोनयन दर्ताको दिन गएको सोमवार सरकारले प्रहरी परिचालन गरेर सातदोबाटोमा एनओसी कार्यालयमा प्रवेशमा रोक लगाएको थियो । त्यसका बाबजुद अनलाइनमार्फत मनोनयन दर्ता गर्दै चुनाव प्रक्रियाअघि बढाइएको थियो ।

एनओसीले पटक पटक अदालतको आदेशको अवज्ञा गर्दै आएको छ । उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो ।

उच्च अदालत पाटनले मङ्सिर १७ गते नेपाल ओलम्पिक कमिटीले २०८१ मङ्सिर १८ गते विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधीन मुद्दामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिँदा विधान संशोधन नगर्नुरनगराउनु, भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारले पनि एनओसीलाई निर्वाचन नगर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेको एनओसीमा १९ कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेको छ । अध्यक्षमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ, महासचिव निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

लगातार दुई कार्यकाल अध्यक्ष भइसकेका श्रेष्ठले तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला गर्नका लागि विशेष साधारणसभाबाट विधान संशोधनको भूमिका खेलेका थिए । उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, सदस्य दीर्घबहादुर केसीले त्यसको विरोधमा साधारण सभा बहिष्कार गरेका थिए । सुनिल श्रेष्ठले आफू चुनावमा भाग नलिने प्रस्ट गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu