ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटकको पक्षमा उभिए ट्रम्प, सर्वोच्च अदालतमा विशेष निवेदन दर्ता


abc tv
१३ पुस २०८१, शनिबार   ८ : ०१   बजे

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकको पक्षमा उभिने संकेत देखाएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा एउटा विशेष निवेदन दर्ता गर्दै १९ जनवरीसम्म टिकटक बेच्न वा बन्द गर्न आवश्यक पर्ने कानुनलाई रोक्न अनुरोध गरेका छन् ।

यो म्याद ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नु भन्दा एक दिनअघि पर्छ । ट्रम्पले अदालतलाई म्याद पर सार्न आग्रह गर्दै आफूले यस विषयलाई राजनीतिक माध्यमबाट सम्बोधन गर्न चाहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्प अहिलेको समयमा अमेरिकामा टिकटक प्रतिबन्ध लगाउनु पर्ने मान्यताको विपक्षमा छन् निवेदनमा भनिएको छ ।

राष्ट्रपतिको कार्यभार सम्हालेपछि राष्ट्रिय सुरक्षा मुद्दाहरूलाई सम्बोधन गर्दै प्लेटफर्मलाई बचाउन राजनीतिक उपाय खोज्ने क्षमता राख्ने ट्रम्पको दावी रहेको छ ।

राष्ट्रपति ट्रम्प सामाजिक सञ्जालको इतिहासमा सबैभन्दा शक्तिशाली, प्रभावशाली प्रयोगकर्ताहरू मध्ये एक हुन् निवेदनमा भनिएको छ।

उनीसँग टिकटकका १४.७ मिलियन फलोवर छन् । जसले अभिव्यक्ति स्वतन्त्रताको महत्व र राष्ट्रिय सुरक्षासँग जोडिएको समस्याको समाधान गर्न उनलाई सघाउने अपेक्षा गरिएको छ ।

टिकटकले पनि आफ्नो निवेदनमा कंग्रेसले पहिलो संशोधन उल्लङ्घन गरेको र १७० मिलियन अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रतालाई रोक्न खोजेको आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group