ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डाको आधारमा नियुक्ति


एबीसी न्यूज
१४ पुस २०८१, आइतबार   १२ : ३६   बजे

काठमाडौं १४ पुस । गमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर मन्त्रीका श्रीमानदेखि गाउँका कार्यकर्तासम्मलाई राजनीतिक नियुक्ति दिलाएका छन् ।

नियुक्तिको सूचीमा कांग्रेस नेता एवम् सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीका श्रीमान् समेत छन् । मन्त्री खड्गीका श्रीमान् प्रकाश टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्ष नियुक्त भएका छन् ।

बागमती प्रदेशका १२ अस्पतालहरुमध्ये कांग्रेस(एमालेले ६–६ वटा भागबन्डा गरेका छन् । प्रदेशका स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य सेवा ऐन, २०७५ पहिलो संशोधन जारी भएपछि मंसिर २७ गते तथा पुस ८ र ९ गते ११ वटा अस्पतालको अध्यक्षमा नियुक्त गरिसकेको छ ।

कांग्रेसले काठमाडौं, भक्तपुर, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक तथा एमालेले चितवन, धादिङ, काभ्रे, रामेछाप, दोलखा र ललितपुर लिने गरी सहमति गरेका छन् ।

सो सहमति अनुसार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालमा प्रकाश खड्गी, भक्तपुर अस्पतालमा प्रदेशका पूर्वसांसद शशीजंग थापा, नुवाकोटको त्रिशूली अस्पतालमा उपेन्द्र बुढाथोकी नियुक्त भएका छन् ।

नुवाकोटकै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकार नियुक्त भएका छन् । यसैगरी रसुवा अस्पतालमा विवश श्रेष्ठ र सिन्धुपाल्चोकको चौतारा अस्पतालमा केशवराज गिरी नियुक्त भएका छन् ।

सिन्धुलीमा भने कांग्रेसबाट सिफारिस आउन बाँकी भएको भन्दै नियुक्त गर्न बाँकी छ ।

यसैगरी एमालेको भागमा परेका चितवनको बकुलहर रत्ननगर अस्पतालमा गोपाल कर्माचार्य, धादिङ अस्पतालमा राधिका सापकोटा र काभ्रेको मेथिनकोट अस्पतालमा विष्णुप्रसाद खनाल नियुक्त भएका छन् ।

यसैगरी रामेछाप अस्पतालमा यमकुमार पाख्रिन, दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा सुवास रिमाल र ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा रामहरि घिमिरे नियुक्त भएका छन् ।

११ पुसमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् ९सीटीईभिटी०को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गरेको थियो । उनी मुख्यमन्त्री लामाको जोडबलमा नियुक्त भएको स्रोतको दाबी छ ।

सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे संयोजकत्वको सिफारिस समितिले सीटीईभीटीको निर्देशक नियुक्तिका लागि नुवाकोटकी लामा, मध्यपुरठिमी नगरपालिकाका बद्रीप्रसाद दहाल र चितवन भरतपुरका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो । मन्त्री खड्गीले दाहालको पक्ष लिए पनि मुख्यमन्त्री लामाको जिल्लाकी शान्ति लामा नियुक्त भइन् ।

यसअघि मुख्यमन्त्री लामाकै जोडबलमा प्रदेश खेलकुद विकास परिषद्मा पनि नुवाकोटकै दीपक लामा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu