ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूला दललाई असफल हुने छुट छैन- महासचिव पोखरेल


एबीसी न्यूज
१५ पुस २०८१, सोमबार   ११ : २६   बजे

काठमाडौं १५ पुस ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला राजनीतिक दललाई असफल हुने छुट नभएको बताएका छन् । एमाले दाङ प्रचार तथा प्रकाशन विभागले सोमबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षाअनुसार दल र सरकारले काम गर्नुपर्ने बताए ।

विगतमा सरकारमाथि अदालतको हस्तक्षेप, अराजकता र अस्थिरताका कारण देशको अर्थतन्त्र समेत कमजोर हुन पुगेको उनले बताए । अहिले देशको आर्थिक अवस्थामा सुधार आइरहेको दाबी उनले गरे ।

राम्रो काम गर्दा गर्दै सरकार ढल्दैछ भनेर हल्ला चलाउने काम भइरहेको उल्लेख गर्दै पोख्रेलले ठूला दलहरू मिलेर बनेको वर्तमान सरकारले योजनाबद्ध सुधारका काम गरिरहेको बताए । कसैलाई चित्त नबुझ्दैमा सरकार ढल्न नसक्ने दाबी उनले गरे । ठूला दल मिलेको चित्त नबुझे पनि मिलिराखेपछि सबैलाई स्विकार्न बाध्यता हुने विचार उनले व्यक्त गरे ।

कतिपय कानुनहरू असान्दर्भिक र कार्यसम्पादनमा बाधा सिर्जना गर्ने खालका भएको बताउँदै उनले यसमा सुधार गर्न ६ सदस्यीय समिति बनाएर काम भइरहेको जानकारी दिए ।

रवि लामिछानेको विषय संसद्को आदेश बमोजिम सरकारी निकायले अनुसन्धान गरी विधिवत् अभियोजन गरिएको काम भएकाले यसमा अनावश्यक भ्रम सिर्जना नगर्न उनले आग्रह गरे । सहकारीको रकम कानुन विपरीत कम्पनीको खातामा राख्नेलाई मुद्दा चलाउने कुरा सरकारको प्रतिशोध भन्न नमिल्ने उनले बताए । नेता आदर्श हुनुपर्नेमा उल्टै पासपोर्ट, नागरिकता, बहुविवाह र सहकारी प्रकरणजस्ता अवैध काम गर्ने र उनैलाई जे पनि गर्न छुट दिने कुरा सम्भव नहुने उनले बताए ।

सत्ता गुमाउँदाको छटपटी गलत प्रचारमार्फत व्यक्त गर्नु राजनीतिक बेइमानी भएको उनले बताए । अहिले माओवादी केन्द्र र स्वतन्त्र पार्टीले योजनाबद्ध रूपमा सरकार र सत्तारूढ पार्टीमाथि साइबर हमला गरिरहेको उनले बताए । विकल्प हौँ भन्दै आएका पार्टीले गलत काम गर्न छुट नहुने भन्दै उनले राम्रो काम मात्रै विकल्प हुनसक्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu