ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी सुध्रिए ८४ मा पहिलो पार्टी बन्ने वर्षमानको दाबी


एबीसी न्यूज
१५ पुस २०८१, सोमबार   ११ : ३६   बजे

काठमाडौं १५ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

प्युठानमा माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले माओवादीले पनि विगतमा गल्ती गरेको स्वीकार गरे।

माओवादी पार्टी पनि टुटफुट र विभाजनको सिकार हुन पुगेको र सत्तामा पुग्दा जनताका कतिपय एजेन्डा छुट्न पुगेकाले माओवादीले त्यसबाट पाठ सिकेर अघि बढ्न तयार हुनुपर्ने उनले बताए।

आफैँलाई सुधारेर अघि बढ्न तयार भएमा आगामी २०८४ को चुनावबाट माओवादी केन्द्र पहिलो दल बन्ने सक्ने उनले दाबी गरे।

उपनिर्वाचनमा जनमतको हिसाबले माओवादी दोस्रो र प्रमुख, उपप्रमुख विजयी भएको हिसाबले पहिलो दल भएको दाबी गर्दै उनले आगामी चुनावमा माओवादी एक्लै लड्ने बताए।

जनताले माओवादी एक्लै एजेन्डामा टेकेर उभियोस् भन्ने चाहेको उनले बताए।

लोकतन्त्रको विकल्प अझ परिष्कृत लोकतन्त्र हुने उल्लेख गर्दै उपमहासचिव पुनले जनताले उठाएका प्रश्नको जवाफ दिने र कमजोरी सच्याएर परिमार्जन गर्दै आफूलाई पुष्टि गर्नुपर्ने बताए।

नयाँ भनिएका दलपनि विकल्पका रूपमा आउन नसकेको टिप्पणी गर्दै नेता पुनले सिद्धान्त, विचार, संस्कृति र इतिहास नभएकाहरू नयाँ दल र वैकल्पिक शक्ति हुन नसक्ने बताए।

‘माओवादीले आफूलाई पनि सच्याउनुपर्छ, जनताको विश्वास पूरा गर्नुपर्छ, जनताले विश्वास गरेका पनि छन्। माओवादीले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ। विगतमा संविधान र शान्ति प्रक्रियाका काम गर्नका लागि कांग्रेस(एमालेसँग मिल्नुपर्ने हाम्रो बाध्यता थियो। तर अहिले उनीहरूलाई यो परिवर्तन मन परेको छैन। उनीहरू पछि फर्कन खोजेका छन्। हामी त्यो मान्न तयार नभएकै कारण अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको हो।’

केही बिचौलियाहरूको काम गर्न छोडेर जनताको काम गर्न भनेरै सरकार छोडेको जिकिर गर्दै उनले कांग्रेस(एमालेको स्वार्थ मिलेकाले एक ठाउँमा आएको दाबी गरे।

‘जनतामा अहिले कांग्रेस(एमालेप्रति विश्वास छैन। नयाँप्रति पनि विश्वास छैन। हामीले समाजवादी गणतन्त्रमा जाने विकल्पसहित लोकतन्त्रलाई सर्भिसिङ र शुद्धीकरण गरेर जनताको बाटोमा अघि बढ्न तयार हुनुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu