ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक न्यायको झन्डा उठाउने मेरो प्रयास एकाथरीलाई मन परेको छैन- प्रचण्ड


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   ४ : ३२   बजे

काठमाडौं १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर कुदिरहेको बताएका छन् ।

गृह जिल्ला चितवनमा मंगलबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले देशमा स्थिरता कायम गर्न र देश विकासका लागि आफू जनतामाझ आएको बताएका हुन् ।

भ्रष्टाचार, बेथिति, अराजकता फालेर मुलुकमा सामाजिक न्यायको झन्डा उठाउने आफ्नो प्रयासलाई एकथरीका मानिसले मन नपराएको उनले बताए ।

‘मुलुक अप्ठ्यारो स्थितिमा थियो । मुलुकको आर्थिक अवस्थालाई क्रमशः सहज वातावरण बनाउन धेरै मेहेनत पनि गरियो । बिस्तारै देशको आर्थिक अवस्था लयमा पनि फर्किँदै थियो’ उनले भने, ‘छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन्तुलित बनाउन रेकर्डहरू पनि बनाएकै थिएँ । तर, एक थरी मान्छेहरूलाई यो मन परेन ।’

 

नेपालको छवि उज्ज्वल बनाउन आफूले खेलेको भूमिका कतिपय मानिसलाई मन नपरेको प्रचण्डको गुनासो थियो । ‘आफूले सञ्चालन गरेको सुशासनको अभियान, सामाजिक न्यायको अभयिान, अन्तर्राष्टिय स्तरमा नेपालको छवि उज्ज्वल बनाउन खेलेको भूमिका मन परेन’ उनले भने, ‘म अहिले जनताको बीचमा छु । म खुसी नै छु । फेरि एउटा सपना बोकेर यो देशमा स्थिरता र विकास, समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेको छु ।’

आफू प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व लागेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu