काठमाडौं १७ पुस । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका छन् ।
मंगलबार राति करिब साढे १० बजे विराटनगर महानगरपालिका(१८ स्थित भट्टा चोकमा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोमा गाडीमा लोड गरिएको १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार भागेको स्कारपियो खोजी गर्ने क्रममा जहदा गाउँपालिका(१ को धुनी बस्तीमा फेला परेको थियो । सो स्थानबाट प्रहरीले स्कारपियो चालक धरान उपमहानगरपालिका(१२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको शहीदभूमि गाउँपालिका(६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो ।
‘उनीहरु भरिया जस्तो देखिन्छन् । धरानबाट उनीहरु गाँजा लिएर भारततर्फ जाँदै थिए,’ प्रहरी स्रोतले भन्यो, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।’
मंगलबार राति करिब साढे १० बजे प्रहरीको चेकिङ छलेर भागेको गाडी खोज्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्