काठमाडौं १७ पुस । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।
उनीहरुले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए ।
उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
आजै बसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ । मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्