काठमाडौं १७ पुस । नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीहरुको सरुवा भएको हो ।
सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।
रानिपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।
अपराध अनुसन्धान विभागका कार्यरत रहेका एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्