ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ : बलायर


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   २ : ०१   बजे

काठमाडौं १७ पुस । सरकारले सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी प्रबन्ध गर्नुपर्ने कांग्रेसका सांसद बीरबहादुर बलायरले बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसद बलायरले सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।

भुमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकमा सांसद बलायरले तराई(मधेस, पहाड र हिमालमा रहेका सबै सुकुम्बासीलाई जग्गा दिनुपर्ने बताए । उनले प्रस्ताव राखे, ुभूमिहीन सुकुम्बासीलाई दिइएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ ।ु

यसअघि जग्गा दिएपछि त्यो बेचेर फेरि सुकुम्बासीमै सूचीकृत भएको भन्ने पाइएकाले त्यस्तो कानुनी व्यवस्था गर्नुपर्ने र कडाइका साथ पालना गर्नुपर्ने बलायरको भनाइ थियो ।

त्यस्तै, तराईमा मात्रै नभएर पहाडका ९० प्रतिशत दलित जनसंख्या भूमिहीन रहेको बलायरको भनाइ थियो । उनीहरूका लागि पनि जग्गाको व्यवस्था हुनुपर्ने उनले बताए ।

भूमि आयोगले आगामी १ वर्षभित्र १ लाख लालपूर्जा बाँड्ने तयारी भइरहेको जानकारी दिएको छ । भूमि मन्त्रालयले भने पटक(पटक भूमि आयोग गठन गर्दा पनि समस्या समाधान नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

सम्बन्धित

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu