ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुंगा सुरुङमार्गको प्रगति हेर्न तीनचोटि पुगे भौतिकमन्त्री


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   ४ : ४९   बजे

काठमाडौं १७ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नागढुंगा सुरुङमार्गमा प्रगति हेर्न ३ पटक पुगे पनि गाडी गुड्ने टुंगो लागेको छैन।

सुरुङमार्ग ब्रेक थ्रुको ५ महिना पुग्दा पनि मन्त्रालयले समस्या समाधान नगर्दा गाडी गुड्ने समय तोक्न नसकेको हो।

बुधबार पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा(नौबिसे(मुग्लिङ सडक निर्माणको नतिजा देखाउन निर्देशन दिए।

स्थलगत निरीक्षण गरेका उनले निर्माण कम्पनी तथा मन्त्रालयमातहतका कार्यालयलाई निर्देशन दिएका हुन्। अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने उनको चेतावनी थियो।

मन्त्रीको सचिवालयले मन्त्रीको ताकेतापछि निर्माणको काममा तीव्रता पाएको दाबी गरेका छन्। बुधबार मन्त्रीसँगै भौतिक सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन्।

कुनै पनि बहाना र कारणले निर्माणमा ढिला सुस्ती नगर्न भन्दै उनले कामको परिणाम देखिने गरी निर्माणमा तीव्रता दिन आग्रह गरे।

यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको बताए।

मन्त्री दाहाल एवम् मन्त्रालयका अधिकारीहरुसँग निर्माण कम्पनीका प्रतिनिधिहरुले यसअघि निर्माण सामग्री जुटाउन देखिएको समस्या समाधान भएको बताएका थिए। उनीहरुले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्यप्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिबद्धता जनाएका छन्।

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार भौतिक काम करिब ८४ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ७७ प्रतिशत छ।

मुख्य सुरुङमार्गको पेभमेन्टको काम ३१ प्रतिशत मात्रै भएको छ। बलम्बुमा फ्लाई ओभरको लागि ५ प्रतिशत जग्गा लिनैसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group