ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१ लाख ४२ हजार होटल तथा रेस्टुरेन्टमा ५ खर्ब ४३ अर्ब लगानी


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   ४ : ५३   बजे

काठमाडौं १७ पुस । नेपालमा राष्ट्रिय होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन्।  बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेस्टुरेन्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो।

आर्थिक वर्ष २०७९र०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ। उक्त संख्यामा रहेका होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ।

सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेस्टुरेन्टमा काम गर्नेहरूको संख्या एक लाख ६ हजार ४५९ रहेको छ। यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलवी कामदारहरूको लागि तलव ज्याला र सुविधामा करिब २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ।

सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ।

होटल तथा रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ। देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टको करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांकले देखाएको छ।

पत्रकार सम्मेलनमा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरू पूरा गरेको बताए। गणकहरूलाई दिने सेवा सुविधाहरूमा कमी रहेको उनको भनाई थियो।

उनले भने, ‘तथ्यांक संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा गर्दछौँ। नियतले जाने बुझेसम्म गलत गर्दैनौँ। तैपनि गणकहरुलाई दिने सेवा सुविधाहरु साह्रो कमजोर छ। सिमित पारिश्रमीकमा गणकहरुलाई खटाएका छौँ। फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ।’

होटल तथा रेस्टुरेन्टमध्ये करिब २८।४५ ले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१।६५ प्रतिष्ठानहरूको ऋण नभएकोरनलिएको देखिएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

मुक्तिनाथमा भक्तजनको भेटी थुप्रिँदै, बैंक खातामा ११ करोडभन्दा बढी मौज्दात

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu