ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब अर्थ मन्त्रालय पुगेका फाइल नअड्किने, ७ दिनभित्रै निर्णय हुने


एबीसी न्यूज
१९ पुस २०८१, शुक्रबार   ५ : ११   बजे

काठमाडौं १९ पुस । अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने भएका छन्। यससम्बन्धी व्यवस्थासहित अर्थ मन्त्रालयले कार्यसञ्चालन निर्देशिका बनाएको हो।

अर्थमन्त्री विष्णु पौडेलले सचिव, सहसचिवको जिम्मेवारीसहित मन्त्रालयले कुन फाइल कति समयमा अघि बढाउने गरी समयसीमा तोकेको मन्त्रालयले जनाएको छ।

कार्यसञ्चालन निर्देशिका २०८१ अनुसार मन्त्रालयमा रकमान्तररस्रोतान्तर वा कार्यक्रम संशोधनको फाइल ७ दिनभित्र अघि बढाउनुपर्नेछ। रकमान्तरका लागि सहसचिव, सचिव वा मन्त्रीले राय लिनुपर्ने भएमा ५ दिनभित्र निर्णय गर्नुपर्नेछ।

थप निकासा दिने विषय पनि ७ दिनभित्र निर्णय गर्नुपर्नेछ। राय लिनुपर्नेमा जफाव प्राप्त भएपछिको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ। त्यसबाहेक राय दिने, सहमति दिने, सामान्वय विषय, खर्च समर्थन वा नियमित गर्नेकाम ७ दिनभित्रै गर्नुपर्नेछ। राय सुझाव आवश्यक भएमा राय प्राप्त भएको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ।

यसको मतलब राय लिनुपर्ने फाइल समेत अर्थ मन्त्रालय पुगेका फाइल बढीमा १२ दिनमा निर्णय भइसक्नुपर्नेछ।

त्यसैगरी ऐन, नियम, विनियम, कार्यविधि राय एवम् सहमति १० दिनभित्र गर्नुपर्नेछ। राय आवश्यक भएमा राय प्राप्त भएको ७ दिनमा फाइलको निर्णय गर्नुपर्नेछ।

अर्थ मन्त्रालयले नयाँ बजेट निर्माण र आगामी बजेट कार्यान्वयनको विषय पनि निर्देशिकामा समेटेको छ। पुस मसान्तसम्म अन्य महाशाखाबाट सूचना लिई बजेट महाशाखाले स्रोत अनुमान समितिलाई स्रोतको अनुमान उपलब्ध गराउनुपर्नेछ।

पूर्वबजेट छलफल चैतको पहिलो हप्ता सुरु हुनेछ। बजेट छफलको समाप्ति वैशाखको दोस्रो हप्ता, बजेट प्रारम्भिक मस्यौदा वैशाख तेस्रो हप्ता, बजेट मस्यौदाको अन्तिम तयारी जेठ पहिलो हप्ता गरिसक्नुपर्नेछ।

यस्तो छ कार्यसञ्चालन निर्देशिका

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group