ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको आरोप, बाइडेन इतिहासकै खराब राष्ट्रपति, अमेरिका हाँसोको पात्र बन्यो


एबीसी न्यूज
१९ पुस २०८१, शुक्रबार   ५ : ३२   बजे

काठमाडौं १९ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका दुनियाँको अगाडि हाँसोको पात्र बनेको टिप्पणी गरेका छन्। उनले यसको दोष सीमा नीति र कमजोर नेतृत्वलाई दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टमा राष्ट्रपति जो बाइडेनलाई ‘अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति’ भनेका छन् ।

‘बाइडेनको खुला सीमा नीति बारे मैले आफ्ना चुनावी र्‍याली र अन्य ठाउँमा धेरैपटक भनेको छु कि यसले अमेरिकामा उग्रपन्थी इस्लामिक आतंकवाद र हिंस्रक अपराधलाई वृद्धि गर्नेछ। यो समय अब आइसकेको छ, जुन कल्पनाभन्दा पनि खराब छ,’ उनले लेखेका छन् ।

नयाँ वर्षको अवसरमा अमेरिकामा घटेका दुई घटनातर्फ संकेत गर्दै ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । लुइसियाना राज्यको न्यू अर्लिन्समा एक व्यक्तिले भिडमाथि जानीजानी ट्रक चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए ।

 

यो घटना घटाउने व्यक्ति उग्रवादी समूह इस्लामिक स्टेट ९आईएस० बाट प्रभावित भएको बताइएको छ। त्यस्तै, लस भेगासस्थित ट्रम्प इन्टरनेशनल होटल बाहिर भएको विस्फोटमा एकजनाको मृत्यु हुनुका साथै ७ घाइते भएका थिए ।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘न्याय मन्त्रालय, एफबीआई, डेमोक्र्याटहरूद्वारा शासित राज्य र स्थानीय अभियोजकहरूले आफ्नो काम गरेका छैनन् ।’ उनले तिनीहरू असक्षम र भ्रष्ट रहेको आरोप पनि लगाएका छन् ।

‘तिनीहरू सक्षम छैनन् र भ्रष्ट छन्। तिनीहरूले बाह्य र आन्तरिक हिंस्रक तत्वहरूबाट अमेरिकीहरूलाई जोगाउने काममा ध्यान दिनुको सट्टा आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र ममाथि आक्रमण गर्न समय खर्च गरेका छन्,’ उनले भनेका छन् ।

ट्रम्पले अगाडि लेखेका छन्, ‘देशमा भइरहेको अवस्थाका लागि डेमोक्र्याटहरूले आफूलाई लज्जित महसुस गर्नुपर्छ। धेरै ढिलो हुनुअघि सीआईएले हस्तक्षेप गर्नुपर्छ।’

उनले अमेरिकाको सम्भावित विखण्डन रोक्न बलियो नेतृत्व आवश्यक रहेका बताएका छन् । ‘अमेरिका टुक्रिँदैछ। यसलाई रोक्नको लागि बलियो नेतृत्व चाहिन्छ। २० जनवरीमा भेटौँला।’

२० जनवरीमा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदको शपथ लिनेछन्। उनले आफ्नो पोस्टको अन्त्यमा आफ्नो प्रसिद्ध नारा ‘मेक अमेरिका ग्रेट अगेन’ लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu