ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार हल्ला नगरी काम गरिरहेको छ, ओलीपछि देउवा प्रधानमन्त्री- उपप्रधानमन्त्री सिंह


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १२ : ४४   बजे

काठमाडौं २१ पुस । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन्।

आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार गठनका बेला भएको सहमतिअनुसार नै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गरे।

सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको जिकिर छ। ‘आउने निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ,’ सिंहले भने, ‘परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ। हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौं। यो भन्दा अगाडिको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ।’

त्यस्तै,उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए। अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको दाबी गरे।

जनचाहनाअनुसार आर्थिक समृद्धि र विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu