ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमतका ८ बुँदे आरोपपछि कांग्रेस र एमालेमा तरंग


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १ : २४   बजे

काठमाडौं २१ पुस । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस(एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीति तरंगित भएको छ ।

मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजबाट कांग्रेस(एमालेप्रति लगाइएका आरोपसहितको वक्तव्य शुक्रबार सार्वजनिक गरेको थियो । यस विषयमा कांग्रेस र एमाले भित्र अब अगाडि कसरी बढ्ने विषयमा बहस भइरहेको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव चारदलीय सत्ता गठबन्धनका नेताहरु बसेर यस विषयमा छलफल गर्ने बताउँछन् । ‘म हिजोसम्म जनकपुर बाहिर थिएँ । आज बिहानै जनकपुर आएको छु । गठबन्धनको बैठक बसेर यो विषयमा छलफल गर्ने तयारी हुँदै छ । छलफलमै के कसरी अघि बढ्ने कुरा हुन्छ,’ यादवले भने ।

सीके राउत सचिवालय नामको फेसबुक पेजबाट जनमतलाई मधेश प्रदेशमा कांग्रेस(एमालेले घेराबन्दी गरेको आरोपसहितका आठ बुँदा सार्वजनिक भएको थियो ।

 

यस विषयमा नेकपा एमाले भित्र पनि जनमतले लगाएका आरोपबारे आन्तरिक छलफल चलिरहेको एक नेताले बताए । आन्तरिक छलफलमा जनमतले आफ्ना अक्षमता ढाकछोप गर्न अन्य दलमाथि आधारहीन आरोप लगाएको ठहर एमालेले गरेको छ ।

एमालेकी प्रदेश सांसद शारदा थापा भन्छिन्, ‘जनमतले लगाएको आरोप पुष्टि हुँदैन । अप्रमाणित आरोप लगाएर आफ्नो असक्षमता, गलती ढाकछोप गर्न खोजेको बाहेक केही होइन ।’ उनले यो विषयलाई आजदेखि काठमाडौंमा सुरु हुने एमाले केन्द्रीय समितिको बैठकमा पनि उठाउने तयारी रहेको बताइन् ।

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले यस विषयमा एमालेमा छलफल भइरहेको बताए । उनले सकेसम्म आजै गठबन्धनको बैठक बसेर जनमत पार्टीले लगाएका आरोपबारे छलफल हुने बताए ।

जनमतले कुनै पनि मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेको, अनियमिततामा संलग्न हुने गरेको, अर्थ मन्त्रालयले पीएलएमबीआईएस प्रणाली पाँच महिनासम्म लक गरी पुँजीगत खर्चमा रोक लगाएको, पुँजीगत बजेट खर्च गर्न कांग्रेसबाट अर्थमन्त्री रहेका सुनिल यादव बाधक रहेको, काम हुन नदिन कांग्रेस र एमालेका नेताहरूले सरकार चाँडै ढल्ने हल्ला फैलाउने गरेको लगायतका आरोप लगाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group