ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको पक्षमा जनलहर देखियो – बराल


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १ : ४९   बजे

देवदहं, २१ पुस । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीको पक्षमा जनलहर देखिएको बताका छन् । माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो नगर अधिवेशनमा बोल्दै नेता बरालले माओवादी २०६४ कै रहेको दाबी गरेका हुन् । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा जनपक्षीय काम गरेका कारण माओवादीको पक्षमा जनमत वढेको नतिजा उपनिर्वाचनले देखाएको बताए । माओवादी सकियो भन्नेहरू माओवादीसंग डराएर गठवन्धन गर्दै हिड्ने अवस्था बनेको उल्लेख गर्दै भष्ट्रचार र वेथिती विरूद्ध उभिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले वर्तमान सरकारको काम प्रति काँग्रेस एमालेकै कार्यकर्ता खुसी नभएका कारण सरकार रक्षात्मक अवस्थामा पुगेको बताए । एमाले भित्रै प्रधानमन्त्री ओलीको विकल्पको खोजी हुन थालेपछि भिम रावल लगायत नेताहरूलाई कार्वाही गरिएको बताए । माओवादीमा पछिल्लो समय पद लिने तर काम नगर्ने प्रवृती देखिएको बताउँदै नेता बरालले पार्टीलाई समय दिन सक्ने नेतृत्व चयन आग्रह गरे । उनले हिजोको योगदानलाई सम्मान गर्दै वर्तमान काम गर्न सक्नेलाई पार्टीको दिनु पर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रिय सदस्य मक्सुद अली, जिल्ला संयोजक निर्मल जिसी, जिल्ला सचिव सन्त बहादुर यादव, नगर ईन्चार्ज कल्पना सुवेदी लगाएत आ आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रम नगर कमिटीका अध्यक्ष गोबिन्द ठट्राईको अध्यक्षता, उपाध्यक्ष केशर बहादुर पुनको स्वागत र सचिव प्रशान्त गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu