ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन सत्तामा पुगेपछि सर्वहारावर्गको नेता भन्नेहरू कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ?: डा. बाबुराम भट्टराई


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   ६ : ५०   बजे

 

काठमाडौं २० पुस । माओवादी र एमाले नेताहरू सत्तामा बसेरै मर्न चाहेको डा. बाबुराम भट्टराईले आरेप लगाएका छन् ।

आदबाट शुरू दुई पार्टीका बैठकबारे लामो आरोप लगाएका छन् ।

“ करिब एक दर्जन ‘कम्युनिष्ट’ नाउँ रहेका पार्टीहरूमध्ये संसदीय गणितका हिसाबले दुइ ठुला पार्टीहरू एमाले र माकेको केन्द्रीय समितिको वैठक एकै दिन (पौष २१) शुरू हुनु आकस्मिकता मात्र हुनसक्छ। बैठकको दस्तावेज र निर्णयहरु वाहिर आएपछि मात्रै उनीहरूवीचको समानता/असमानता र उनीहरूको आगामी दिशा बढी प्रष्ट हुनेछ।

तैपनि उनीहरूको विगत र प्रमुख नेताहरूको प्रवृत्तिलाई हेरेर सहज अनुमान गर्न सकिन्छ:
– उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफुलाई चौवीस क्यारेटको शुद्ध ‘कम्युनिष्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन्!
– दुवै ठुला नेताका वफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन्!
– दुवैका बैठकमा तीस बर्ष पहिले विश्वका १६ देशमा कम्युनिष्ट पार्टीको एकल शासन भएकोमा अहिले किन ५ देशमा मात्र सीमित भए? संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छ? किन सत्तामा पुगेपछि आफुलाई सर्वहारावर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् र कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ? आदि गम्भीर प्रश्नहरूबारे खासै वहस छलफल हुनेछैन।

त्यसैले हाम्रो विनम्र सुझाव छ:
– नेपालको विशिष्ठ भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक-सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक
शासनप्रणाली आदिको सन्दर्भमा हिजो पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा ‘कम्युनिष्ट’ ब्राण्ड स्थापित र पपुलर भएको हो। अब २१ औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य,नीति,कार्यक्रम,संगठन,नेतृत्व,शैलीबाट पूरा गर्न सम्भव छैन। वेलैमा आफुलाई आमूल रूपान्तरण नगरे पुरानै ‘कम्युनिष्ट’ ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। ( चीन लगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।)

– अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नव-उदारवादी पुँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरता वीच चरम आर्थिक-सामाजिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हातहतियारको विभीषिक, ए.आइ. को संशय आदिले संसारले नयाँ उत्तर-पुँजीवादी विकल्प खोजेको प्रष्टै छ। नेपाल भने भर्खरै पुँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर-पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणाली वीच तालमेल मिलाएर हिंड्नुपर्ने अत्यन्त चुनौतिपूर्ण अवस्थामा छ।

– विश्वमा र नेपालमा चलरहेको वैकल्पिक राजनीतिको विमर्शको चुरो कुरा यही हो। हाम्रो संविधानमा उल्लिखित ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद’ भन्ने पदावलीको आशय पनि हाम्रा विचारमा त्यही हो। यसवारे सबै दलका बैठक,भेला, सम्मेलन, अधिवेशनमा र सार्वजनिक मन्चहरूमा वहस होस्।

शुभकामना!

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu