ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको रिहाई माग गर्दै ११ वकिलले गरे बहस, रामबहादुरको थालियो


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   ७ : ५९   बजे

काठमाडौं २४ पुस ।   पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने पक्षको बहस सकिएको छ । रविको पक्षबाट ११ जना अधिवक्ताले बहस गरे ।

सूर्यदर्शनको साढे ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको र समूह मिलेर अपचलन गरेको, सम्पत्ति शुद्धीकरण गरेको अभियोग रविमाथि छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई गैरन्यायिक हिसाबले थुनामा राखिएको र राजनीतिक प्रतिशोध साँधेर ३ वटा मुद्दा लगाइएको भन्दै उनका पक्षका अधिवक्ताहरूले रिहाईको माग गरेका छन् ।

वरिष्ठ डा। नारायण घिमिरे, रोहित बास्तोला, अधिवक्ताहरु राजेन्द्र सेढाईं, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुनिता राउत, सुदीज्ञ पन्त, सुरज गोलेले मंगलबार रविको पक्षबाट बहस गरेका थिए भने सोमबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशीलकुमार पन्त र सुरेन्द्र थापामगरले बहस गरे ।

उदाउँदो राष्ट्रिय स्वतन्त्र पार्टी र रविलाई सध्याउनकै लागि हदम्याद सकिइसकेको मुद्दामा गैरन्यायिक तरिकाले पक्राउ गरेर अभियोजन दर्ता गरिएको रविका अधिवक्ताहरूको जिकीर छ ।

प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र प्रहरी प्रमुखसम्मले रवि निर्दोष छन् भन्ने बोलेको भिडियो देखाउँदै प्रतिशोधकै कारण अहिले मुद्दा चलाइएको तर्क उनीहरूले पेश गरे । मंगलबारको बहसमा पनि रकम गएको भनिएको गोर्खा मिडियालाई विपक्षी नबनाई रविलाई विपक्षी बनाइनु नै प्रतिशोध भएको जिकिर गरे ।

रविलाई सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहित ७ जना प्रतिवादीको न्यायाधीश नीतिज राईको इजलासमा बहस भइरहेको छ । अहिलेसम्म रविसहित पूर्व डिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी र देशभर सहकारीको जालो फिँजाएर रकम हिनामिना गरेको आरोप लागेका जीबी राईसँग मिलेर अपचलन गरेको आरोप लागेकी लिला पछाईँको बहस सकिएको छ ।

रविको बहस सकिएलगत्तै जीबी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालको सुरु भएको छ । पूर्व सांसदसमेत रहेकी सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्व सञ्चालक उनकै बाबु कृष्णबहादुर गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङको बयान बाँकी छ ।

लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते पुरक अभियोजन र जीवी राईसहित १९ जनाविरुद्ध पुस ५ गते थप अभियोजन कास्की जिल्ला अदालतमा दर्ता भएको हो । गत १८ असोज, २०८० मा राईलगायतको समूहविरुद्ध मूल मुद्दा दायर भएको थियो । त्यतिबेला दायर मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो माग गरिएको थियो । पुरक जाहेरीका आधारमा दर्ता भएको थप र पुरक अभियोजनमा कुल ६३ जनाबाट १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको छ । मुद्धा चल्नेमा ८ वटा कम्पनीहरू हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मुद्दा चलेको हो ।

जीबीमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ । छविलालमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

रामबहादुरमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो दाबी गरिएको छ भने लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

संस्थापक उपाध्यक्ष मीना गुरुङ, कोषाध्यक्ष आरती गुरुङ, सञ्चालक कृष्णबहादुरसहित १० जनाविरुद्ध सामूहिक ५३ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group