ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहरी विकास मन्त्रालयमा २ हजार बढी कार्यक्रमको छैन सुरसार, बजेट खर्च पनि न्यून


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   ९ : २१   बजे

काठमाडौं २४ पुस । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई अहिले भ्याइनभ्याइ छ । उनको भ्याईनभ्याई मन्त्रालयको कार्ययोजना कार्यान्वयनका लागि राजनीतिक कार्यक्रमदेखि मेलारमहोत्सव उद्घाटन र समापनमा भइरहेको छ । तर मन्त्रालयको प्रगति भने सुस्त छ ।

चालु आर्थिक वर्ष २०८१र८२ का लागि विकासे मन्त्रालयतर्फ दोस्रो ठूलो बजेट पाएको सहरी विकास मन्त्रालयको बजेट कार्यान्वयन भने कमजोर छ । भौतिक पूर्वाधारपछि ठूलो बजेट ९१ अर्ब ३५ करोड २३ लाख रहेको मन्त्रालयले कार्यान्वयन कमजोर गरेको हो ।

मन्त्रालयका अनुसार १९ पुससम्म कुल बजेटबाट ६ अर्ब ३५ करोड ६२ लाख ८२ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।

बजेटमा आएका २ हजार बढी कार्यक्रमको छैन सुरसार

मन्त्रालयले बजेट मार्फत चालु आर्थिक वर्षका लागि तीन हजार ७१६ नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ को मात्रै बोलपत्र आह्वान भएका छन् । बोलपत्र आह्वान भएका एक हजार ६२३ कार्यक्रममध्ये ८ सय ७० को ठेक्का सम्झौता भईबि ३० कार्यक्रम निर्माण कार्य सम्पन्न भएको छ ।

तर, बजेटमार्फत आएका बाँकी दुई हजार ९३ कार्यक्रमको अहिलेसम्म बोलपत्र आह्वान हुन सकेको छैन ।

बोलपत्र आह्वान नभएका दुई सय ८८ कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित छन् भने ८० वटा संशोधनका लागि प्रस्तावित कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक हजार ४ सय ५९ पुराना कार्यक्रममध्ये चालु आवमा जम्मा दुई सय ८० कार्यक्रम सकेको छ ।

१०१ झोलुङ्गे, ३ सडक पुल निर्माण

सिंहले मन्त्रालय सम्हालेको ६ महिनाभित्र १० किलोमिटर ग्रामीण कालोपत्र सडक निर्माण हुने लक्ष्य मन्त्रालयको थियो । तर, ६ महिना पुग्न लाग्दा हालसम्म झापा, रोल्पा र पर्वत गरी तीन जिल्लामा गरी ६।९ किलोमिटर निर्माण भएको छ ।

यस्तै, तीन स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा सबै निर्माण भएका छन् । मन्त्री सिंहले कार्यभार सम्हालेको पहिलो एक सय दिनमा ५० र दोस्रो सय दिनमा ३० गरी कुल ८० झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म मन्त्रालयले एक सय एक झोलुंगे पुल निर्माण गरिसकेको छ ।

मन्त्रालयले चालु आव १९ पुससम्म निर्माणाधीन अवस्थामा रहेका ३० स्थानीय तहका प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ ।

सिटीहल निर्माण हुने क्रममा

आगामी १७ माघसम्ममा सिटीहलहरूको निर्माण कार्य सम्पन्न हुने दाबी गरिएको छ । दुई सय दिनभित्र सुनसरी लौकही सभाहल र बाँके नेपालगञ्ज सिटीहल निर्माण सक्ने लक्ष्य छ । तिनमा लौकही सभाहल निर्माण कार्य अन्तिम चरणमा रहेको र नेपालगन्ज सिटीहल ठेक्काअनुसार निर्माण कार्य सम्पन्न भई बिल फरफारक अन्तिम चरणमा रहेको दाबी गरिएको छ ।

यस्तै, भैंसेपाटीस्थित मन्त्रीनिवासको दोस्रो चरणको निर्माण कार्य र चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा १९ पुससम्म भैंसेपाटी निवासको दोस्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । यस्तै, चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको छ ।

शहरी नीति स्वीकृत, कीर्तिपुरमा फ्लडलाइटको ठेक्का आह्वान

मन्त्रालयले चालु आव पाँच महिना नाघ्दा आफ्नो उपलब्धिमा मन्त्रिपरिषद्बाट राष्ट्रिय सहरी नीति स्वीकृतिदेखि कीर्तिपुर मैदानमा फ्लडलाइटको ठेक्कासम्म देखाएको छ । ८ मंसिरमा सहरी नीति मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।

मन्त्रालयले त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगेपुल उद्घाटन, दमक व्यापारिक कम्प्लेक्स उद्घाटनलाई पनि उपलब्धि देखाएको छ । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप फ्लडलाइट जडान गर्ने भन्दै बोलपत्र आह्वान हुनु पनि मन्त्रालयले आफ्नो उपलब्धि मानेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हतियारबाट डिजिटल अपराधसम्म : बदलिँदो अपराधसँगै प्रहरी अनुसन्धानमा पनि नयाँ चुनौती

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu