ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसीबारे प्रचण्ड, ऐन बनेपछि अब त हुन्छ भनेको फेरि पनि भएन


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   १२ : ४०   बजे

काठमाडौं २४ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐन बनेपछि संक्रमणकालीन न्यायको विषय अगाडि बढ्ने आफूले सोचे पनि फेरि त्यसमा अवरोध भएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘यो जसरी सोचेको, त्यसरी जान सकेको छैन। ऐन बनिसकेपछि दुवै सदनबाट पारित भइसकेपछि र राष्ट्रपतिले पनि त्यसलाई हस्ताक्षर गरिसकेपछि अब त हुन्छ भनेको फेरि पनि भएन।’

आफ्नै प्रस्तावमा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समिति बनेको भए पनि राजनीतिक कारणले त्यसलाई काम गर्न नदिएको दाबी गरे। ‘त्यो सिफारिस समिति फेरि मेरै प्रस्तावमा बनेको समिति हो,’ प्रचण्डले भने, ‘तर, त्यहाँ धेरै चिजहरु भए। मैले अहिले ती सबै पोका फुकाउन आवश्यक पनि छैन।’

अहिले पनि संक्रमणकालीन न्याय९टीआरसी०को बिषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको बताए। ‘विषय यो कानुनी भन्दा पनि बढी राजनीतिक नै छ,’ प्रचण्डले भने, ‘१२ बुँदे समझारी र विस्तृत शान्ति सम्झौता आफैमा राजनीतिक दस्तावेज हुन्। र, ती सम्झौताहरु सबै संविधानको अगंको रुपमा मानिएको छ। ती संविधान पनि हुन्। तर, कुरा अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो।’
उनले थपे, ‘राजनीतिक कारणले नै हो। त्यहाँ कन्फ्युजन हुनेपर्ने कारण केही छैन।’

पहिले माओवादी सिध्याएपछि मात्रै यो विषय टुंग्याउने भन्ने प्रवृत्तिले नै यसलाई रोकेको प्रचण्डले ठोकुवा गरे। ‘माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने सोच र प्रवृत्तिका राजनीतिक मान्छे पनि छन्,’ उनले भने, ‘एउटा राजनीतिक प्रवृत्ति यस्तो छ। टुंगिन लागेको बेला रोक्छ त्यसले। माओवादी नेतृत्वलाई तह लगाउने, ठिक लगाउने र सिध्याउने अन्तिम हतियार यही हो। टुंग्याउन हुन्न भन्ने प्रवृत्ति छ।ु

प्रचण्डले दवाव दबाव नबढाए अर्को १८ वर्ष पनि टीआरसी नटुंगिने भन्दै अब सडक र सदनबाट यसलाई लिएर दबाव बढाउने सुनाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu