ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ महिनाअघि कम्पनी नै दर्ता गरेर सातदोबाटोमा सट्टेबाजी, ७ जनाविरुद्ध अघि बढ्यो मुद्दा


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   ४ : ३१   बजे

काठमाडौं २४ पुस । ललितपुरको सातदोबाटोस्थित एक अवैध कलसेन्टरबाट पक्राउ परेका ७ जनामाथि सट्टाबाजी कसुरमा अनुसन्धान सुरु भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले ७ जनाको मुख्य संलग्नता देखिएकाले उनीहरूलाई हिरासतमा राख्न अदालतको अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

यही प्रकरणमा अन्य ४६ जनाको हकमा पनि अनुसन्धान भइरहेको र अहिले नै कुन कसुरमा अनुसन्धान गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको सीआईबीले जनाएको छ।

तर २ भारतीय र ५ नेपालीमाथि भने मुद्दा अगाडि बढाइएको हो। बिहार घर भएका भारतीय नागरिक मनिसकुमार झा टिम लिडर र गुजरातका राहुल मेगोडा ट्रेनिङ म्यानेजर रहेको खुलेको छ।

यस्तै ५ नेपालीमा ओखलढुंगाका मोनी दाहाल एचआर म्यानेजर, सिन्धुपाल्चोककी सुस्मिता नेपाली इन्चार्ज, झापाको दमकका रोशन बस्नेत म्यानेजर, काठमाडौँका आदित्य कुमार सिंह आईटी सपोर्टर र काभ्रेका सलिन श्रेष्ठ ओभरल टिम लिडर रहेको सीआईबीले जनाएको छ।

उक्त अवैध कल सेन्टरबाट सीआईबीले ल्यापटप ८५ थान र मोवाइल ९६ थान बरामद गरेर अनुसन्धान अघि बढाएको छ।

उनीहरूले सातदोबाटोका सुरेन्द्र गोपाल श्रेष्ठको पाँचतले घरको चौथो तला भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए। त्यहाँ नेपालीलाई राम्रो कमाई हुने प्रलोभनमा पारेर अवैध काममा लगाएको पाइएको छ। सोमबार राति सीआईबीले त्यहाँ छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले कल सेन्टरबाट सिंगम लट्री, अन्ना लट्री, भाउ लट्री र इन्डुस्बेट लट्री लगायतका ग्यामब्लिङ एप्सको दुरुपयोग गरी डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाइ सट्टेबाजी गर्ने गरेको सीआईबीको दाबी छ।

नेपालमा उनीहरूले ९ महिना पहिले प्रोलिंक टिच सोलुसन प्रालि नामक कम्पनी दर्ता गरेर कल सेन्टर खोलि अवैध अनलाइन सट्टेबाजी संचालन गरिरहेको पाइएको छ।

प्रारम्भिक अनुसन्धानपछि ७ जनालाई मुलुकी अपराध संहिता, २०७४ ९संशोधनसहित० परिच्छेद ५ दफा १२५ ९४० सट्टेबाजी गर्न नहुने सम्बन्धि कसुरमा अन्तरगत म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

अन्यको हकमा अनुसन्धान जारी रहेकाले अहिले अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको छ। उनीहरूको संलग्नता बारे प्रस्ट भएपछि सट्टाबाजीको कसुरमा अनुसन्धान अगाडि बढाउने नबढाउने भन्ने सीआईबीले निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group