ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला


एबीसी न्यूज
२६ पुस २०८१, शुक्रबार   ५ : ०१   बजे

काठमाडौं २६ पुस । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोप फेला परेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

कङ्गोबाट आएका मानिसको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । यसबाहेक अहिलेसम्म अरु सम्पर्कहरूमा कुनै केस फेला नपरेको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ । तर यो नजिकै रहेका व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो आउने, मांसपेशी दुख्ने, छालामा ठूला फोका जस्ता घाउ आउने र यो घातक हुनसक्ने डाक्टरहरु बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०ले गएको अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र कङ्गोमा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो ।

कङ्गोमा यसले एक हजारभन्दा धेरै मानिसको ज्यान लिएको छ । डब्लूएचओको अगस्टको घोषणापछि चीनले छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।

डब्लूएचओका अनुसार सन् २०२२ देखि १ सय २० भन्दा धेरै देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu