ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त


एबीसी न्यूज
२७ पुस २०८१, शनिबार   ७ : १५   बजे

काडमाडौं २७ पुस ।   अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्निया र लस एन्जलसमा इतिहासकै विनाशकारी आगलागी भइरहँदा उत्तर पूर्वी क्षेत्रहरु भने हिमपात र हिमआँधीले प्रभावित भएका छन् । हिमपात र आँधीका कारण हिजो मात्रै तीन हजार वटाभन्दा धेरै हवाई उडान रद्द भएका छन् । हजारौँ उडानमा ढिलाई भएको एएएफपीले जनाएको छ ।

डेल्टा एअरलाइन्सले जाडो मौसमको अवस्था अपेक्षितभन्दा खराब रहेको जनाएको छ । एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे दुई घण्टासम्म बन्द भएका थिए । डेल्टाले मात्रै हिजो आफ्ना ११ सय वटा उडान रद्द भएको जनाएको छ । अत्यधिक चिसोका कारण कतिपय विमानहरुका इन्जिनमा समस्या देखिएको खबरमा उल्लेख छ ।

यो हप्ताको शुरुमा हिउँदको आँधीले कम्तीमा पाँच जनाको ज्यान गइसकेको छ । केही ठाउँको तापक्रम माइनस १८ डीग्री सेल्सियसभन्दा तल झरेको छ । लाखौँ परिवार बिजुलीविहिन अवस्थामा छन् । अमेरिका अहिले दुई वटा ठूला विपदमा छ । लस एन्जसलमा इतिहासकै खराब आगलागी भइरहेको छ । अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । शहरका हजारौँ संरचना जलेर नष्ट भइसकेका छन् । सुख्खापन र तीब्रगतिको हावाले गर्दा आगो निभाउन निकै सकस परिरहेको छ । लाखौँ मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धुँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपतकालको घोषणा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu