ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई २ करोड ५० लाख डलर पुरस्कार दिने


एबीसी न्यूज
२७ पुस २०८१, शनिबार   ७ : ३२   बजे

काडमाडौं २७ पुस । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । मदुरोले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन अमेरिकाले पुरस्कार घोषणा गरेको हो ।

मदुरोले हिजो आउँदो छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपति पदको सपथ लिनुभएको हो । गएको जुलाई २८ मा भएको चुनावको परिणाम छिमेकी देशहरू बाजिल र कोलम्बियासहित अमेरिका, बेलायत, यूरोपेली संघ लगायतका अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेका थिए ।

अमेरिकाले सन् २०२० मा मदुरोमाथि लागेको लागूऔषध र भ्रष्टाचारको मुद्दाका कारण पक्राउ गर्न सघाउनेलाई पुरस्कार दिने घोषणा गरेको जनाएको छ । त्यसबेला अमेरिकाले मदुरो र उहाँको सरकारका वरिष्ठ अधिकारीहरूमाथि लागूऔषध र आतङ्कवादको आरोप लगाएको थियो ।

मदुरोले भने आफ्नो देशको आर्थिक सङ्कटको कारण अमेरिकी प्रतिबन्धहरू रहेको र अमेरिकी प्रतिबन्ध अवैध र साम्राज्यवादी भएको आरोपसमेत लगाउँदै आउनुभएको छ । यसैबीच यूरोपेली संघले पनि विधिको शासन र प्रजातन्त्रको पुनर्बहालीमा प्रगति नभएको भन्दै भेनेजुएलामाथि प्रतिबन्ध बढाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group