काठमाडौं २८ पुस । हङकङको युनलङस्थित जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ। शनिबार साँझ ५स्३० बजेदेखि सल्किएको आगो आइतबार बिहान १०स्४० बजे नियन्त्रणमा आएको हो।
युनलङस्थित काइकङ लेङ, पाटह्युङको पहाडी क्षेत्रमा लागेको आगो ताइमो शानबाट काइकङ लेङ क्षेत्रतिर दुई लाइन भएर सल्केको थियो। अग्नि नियन्त्रकहरूले रातभरिको प्रयासपछि बिहान डढेलो नियन्त्रणमा लिएका हुन्।
साथै, बिहान सरकारी उडान सेवाले आगलागी क्षेत्रको माथिबाट पाइन खन्याएको थियो भने नागरिक सहायता सेवा पनि सहयोगका लागि पहाडमा उक्लिएको थियो।
प्रतिक्रिया दिनुहोस्