लहान, २९ फागुन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने २५५ जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।
बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्ने अभियानअन्तर्गत रु ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटेको हो ।
विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको केन्द्र प्रमुख विष्णुदेवप्रसाद यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्