ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लस एन्जसलमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्यो


एबीसी न्यूज
२८ पुस २०८१, आइतबार   ७ : ०८   बजे

काठमाडौं २८ पुस ।  अमेरिकाको लस एन्जलसमा लागेको आगोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुगेको छ ।  सबैभन्दा ठूला आगलागी भएको इटनमा ११ र प्यालीसेड्समा ५ गरी १६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अग्नि नियन्त्रकहरूले ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन्, १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

लस एन्जलस वरपर अहिले चार वटा जङ्गलमा आगो लागिरहेको छ । अग्नि नियन्त्रकहरूले २३ हजार एकड क्षेत्रफलमा फैलिएको प्यालीसेड्को डढेलो ११ प्रतिशतमात्रै निभाउन सकेका छन् । यस्तै इटनको १४ हजार एकड क्षेत्रफलमा आगलागी भएकोमा १५ प्रतिशत निभेको छ । अग्नि नियन्त्रकहरूले केनेथ र हस्र्टको दुई साना डढेलो भने नियन्त्रणमा लिएका छन् ।

आपत्कालीन उद्धारकर्ताहरूले शक्तिशाली हुरीमाझ लस एन्जलसको डढेलो निभाउने प्रयास पाँचौं दिन पनि जारी राखेका छन् । अग्नि नियन्त्रहरूले डढेलोलाई रोक्न विमानबाट पानी र आगो निभाउने ‘फायर रिटार्डेन्ट’ खसालिरहेका छन् । राति हावाको वेग अझै बढ्ने र त्यसले डढेलो फैलिन अझ मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

लस एन्जलसमा इतिहासकै खराब आगलागी भइरहेको छ । आगलागीमा हजारौं संरचना जलेर नष्ट भइसकेका छन् । लाखौं मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धूँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपत्काल घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

सम्बन्धित

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu