ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलका प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबीच गाजा युद्धविराम तयारीबारे छलफल


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   ७ : ५८   बजे

काठमाडौं २९ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजा युद्धविराम र बन्धक सम्झौताको लागि भइरहेको वार्ताको प्रगतिबारे छलफल भएको छ ।

नेतान्याहुको कार्यालयले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई कतारमा भइरहेको बन्धक रिहाइसम्बन्धी वार्तामा भएको प्रगति र युद्धविराम सम्झौताका लागि वार्ता टोलीलाई इजरायलले दिएको जनादेशबारे जानकारी गराउनुभएको उल्लेख छ ।

उहाँले कतारमा चलिरहेको वार्तामा हिजो बसेको इजरायली मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठक सकारात्मक भएको र यस हप्ताको अन्त्यसम्ममा शान्ति सम्झौताबारे टुङ्गो लाग्नेमा आशावादी रहेको बताउनुभएको छ ।

यसैबीच ह्वाइट हाउसले पनि राष्ट्रपति बाइडेन र नेतान्याहुले दोहामा भएको वार्तामा अमेरिकी राष्ट्रपतिले ‘मे’ महिनामा राखेको प्रस्तावको आधारमा छलफल भएको सीएनएनले जनाएको छ । बाइडेनले फेरि गाजामा तत्काल युद्धविराम, बन्धकहरूलाई फिर्ता गर्न र मानवीय सहायता बढाउन आह्वान गर्नुभएको छ ।

गएको नोभेम्बरमा लेबनानमा भएको युद्धविराम, त्यसपछि सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको शासनको पतन र यस क्षेत्रमा इरानको कमजोर स्थितिको बारेमा पनि बाइडेन र नेतान्याहुले समीक्षा गर्नुभएको खबरमा उल्लेख छ ।

अघिल्लो वर्षको अक्टोबरपछि बाइडेन र नेतान्याहुबीच पहिलोपल्ट सार्वजनिक रुपमा औपचारिक भेटवार्ता भएको हो । गएको वर्ष ‘मे’ महिनामा बाइडेनले राख्नुभएको शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरेको थियो ।

यसै सन्दर्भमा युद्धविराम सम्झौता प्रस्तावका प्रमुख आलोचकहरूलाई वार्तामा बोलाउने प्रयासका लागि बाइडेन रनेतान्याहुबीच भेटवार्ता भएको हो ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले वर्तमान अमेरिकी प्रशासन र आउँदै गरेको डोनाल्ड ट्रम्प प्रशासन दुवैबाट युद्धविराम सम्झौतामा पुग्न दबाब सामना गरिरहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

सम्बन्धित

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu