ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारका पिता मतदानबाट वञ्चित


admin
१३ असार २०७४, मंगलबार   ३ : ४७   बजे

झापा, १३ असार । अर्जुनधारा नगरपालिका– ३ खुदुनावारीका ७२ वर्षीय युवनाथ पौडेल उम्मेदवार रहनुभएका आफ्ना जेठो छोरालाई मतदान गर्नबाट वञ्चित हुनुभएको छ ।

मतदाता नामावलीबाट नाम हटेका कारण उहाँ उम्मेदवार बन्नुभएका छोरा कुलचन्द्रलाई मतदान गर्नबाट वञ्चित हुनुभएको हो । कुलचन्द्र अर्जुनधारा नगरपालिका– ३ मा नेपाली काँग्रेसबाट वडा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

विसं २०७१ चैतमा युवनाथले चन्द्रगढीस्थित निर्वाचन कार्यालयमा गएर फोटो खिचाउनुभएको थियो । तर फोटो खिचाएको रसिद बोकेर आज मतदाता परिचयपत्र लिन जाँदा उहाँले मतदाता नामावलीमा आफ्नो नाम भेट्टाउनु भएन् ।

वर्षांैदेखि मतदान गर्दै आउनुभएका यदुनाथ नामावलीबाट नाम हटेकोमा ज्यादै दुःखी हुनुभएको छ । उहाँ पञ्चायतकालमा खुदुनाबारीको वडाध्यक्षसमेत भइसक्नु भएको छ । निर्वाचन अधिकृत राधाकृष्ण खतिवडालाई उहाँले आफ्नो दुःखेसो पोख्नुभयो । तर अधिकृत खतिवडाले मतदाता नामावलीमा नै नाम नभएपछि मतदान गर्न नमिल्ने कानुनी व्यवस्था भएको पौडेललाई जानकारी गराउनुभयो ।

“तपाईले फोटो खिचाएको प्रमाण त छ, तर निर्वाचन आयोगको गल्तीका कारण मतदाता नामावलीमा नाम समावेश हुनसकेन,” निर्वाचन अधिकृत खतिवडाले युवनाथलाई सम्झाउँदै भन्नुभयो– “नामावलीमा नाम नभेटिएपछि मैले कसरी मतदान गर्ने व्यवस्था मिलाउने ?”

युवनाथका अर्का छोरा नेत्रप्रसादको पनि मतदाता नामावलीमा नाम भेटिएन । आयोगको त्रुटिका कारण जिल्लामा धेरै मतदाताको नाम नामावलीमा नभेटिएको गुनासो आउन थालेको छ ।

“नामावलीमा मेरो पनि नाम रहेनछ,” अर्जुनधारा नगरपालिका कार्यालय छेउमै घर भएकी छविमाया अधिकारीले भन्नुभयो । उहाँले मतदाता परिचय पत्रका लागि गत वर्ष नगरपालिका कार्यालयमै गई फोटो खिचाएको बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकृत गोपालप्रसाद आचार्यले मतदाता नामावलीबाट नाम हटेकोबारे आफूलाई कुनै पनि जानकारी नभएको बताउनुभयो ।

प्रचार सामग्री हटाइए

निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम मौन अवधिको पालना गर्दै मेचीनगरपालिकाका उम्मेदवारले सार्वजनिकस्थलबाट प्रचार सामग्री हटाएका छन् ।

नगरका मुख्य बजार काँकडभिट्टा, इँटाभट्टा र धुलावारी क्षेत्र सोमबार दिउँसोदेखि प्रचार सामग्रीमुक्त भएका छन् । राजमार्गका चोक, रेलिङ र रुखमा राखिएका ब्यानर, झन्डा र पोस्टर हटाउन दलहरुले आफ्ना कार्यकर्तालाई परिचालन गरेका छन् ।

निर्वाचन आचारसंहिताअनुसार राजमार्गलगायत स्थानमा झन्डा राख्न, पोस्टर टाँस्न र भित्तेलेखन गर्न पाइँदैन । निजी घरमा भने अनुमति लिएर मात्र पाइन्छ । नेपाली काँग्रेस मेचीनगरका प्रचार प्रमुख पुष्पराज पौडेलले आचारसंहिताको पूर्ण रुपमा पालना गरेको बताउनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समेत सार्वजनिकस्थलबाट प्रचार सामग्री हटाएको छ । एमालेका मेचीनगर अध्यक्ष एवम् मेचीनगरपालिका– ६ का वडाध्यक्ष पदका उम्मेदवार राजु पोखरेलले नगरका चोक र राजमार्ग क्षेत्रमा राखिएका सबै प्रचार सामग्री हटाइएको बताउनुभयो ।

माओवादी केन्द्रका चुनाव प्रचार समितिका संयोजक राजु दाहालले मौन अवधि सुरु हुनुअघि नै सार्वजनिकस्थलमा राखिएका पोस्टर, ब्यानर र हँसिया हथौडासहितका झन्डा हटाइएकोे बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group