ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविराम गृहकार्यबीच इजरायली आक्रमणमा गाजामा एकैदिन ६२ मारिए


एबीसी न्यूज
२ माघ २०८१, बुधबार   ७ : ५१   बजे

काठमाडौं २ माघ । युद्धविरामको गृहकार्य धेरैअगाडि बढेको चर्चाका बीच इजरायली सेनाले गरेको आक्रमणमा गाजामा एकैदिन कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गाजाको एक शरणार्थी क्याममा परिवर्तन गरिएको विद्यालय र सर्वसाधारणको घरमा आक्रमण गर्दा ठूलो संख्यामा मानिस मारिएका हुन् ।

अलजजिराका अनुसार मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता पहिलेभन्दा नजिक पुगेको बताइरहँदा यो आक्रमण भएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल–फताह अल सिसीले इजरायल र हमासलाई सम्झौता सम्पन्न गर्न संयुक्त आह्वान गरेका छन्।

 

तेल अविवमा हजारौं इजरायलीहरूले गाजामा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइ सुनिश्चित गर्न सम्झौता गर्न भन्दै प्रदर्शन चर्काएका छन् । यता, जेरुसेलममा सयौं कट्टरपन्थी समर्थकहरूले युद्ध जारी राख्न माग गर्दै मार्च गरेका छन् ।

गाजामा इजरायलको आक्रमणले ७ अक्टोबर २०२३ यता कम्तीमा ४६ हजार ७०७ प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख १० लाख २६५ जना घाइते भएका छ ।

सोही दिन हमासद्वारा नेतृत्व गरिएको आक्रमणमा इजरायलमा कम्तीमा एक हजार १३९ जनाको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu