ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली राष्ट्रपति नेपाल आउन इच्छुक, विपिन रिहाइका लागि पहल गर्ने


एबीसी न्यूज
३ माघ २०८१, बिहिबार   १० : ५८   बजे

काठमाडौं ३ माघ । इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितले इजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

इजरायल(हमासबीच युद्धविराम सम्झौता भएकै दिन राजदूत प्रा। पण्डितले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

 

ओहोदाको प्रमाणपत्र पेस भएपछिको कुराकानीमा राष्ट्रपति हर्जोगले आफू नेपाल भ्रमण गर्न इच्छुक भएको बताएका छन्।

‘कुराकानीका क्रममा मैले महामहिमबाट नेपालको भ्रमण होस् भन्ने हाम्रो चाहना छ भनेको थिएँ’, राजदूत पण्डितले भने, ‘नेपाल आउने मेरो पनि एकदम ठूलो चाहना छ भन्नुभयो। यो कुरा उहाँले आफ्ना सहयोगीलाई नोट पनि गराउनुभएको छ।’

बुधबार अपराह्न भएको कार्यक्रममा नेपालका अलावा चीन, स्लोभेनिया, पनामा र पोर्चुगलका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम थियो।

ओहोदाको प्रमाणपत्रपछि नेपाली राजदूतलाई राष्ट्रपतिसँग कुराकानीका लागि ७ मिनेट तय गरिएको थियो।

‘तर, उहाँसँग १२ मिनेट कुराकानी हुनसक्यो, उहाँले नेपालबारे निकै चासो प्रदर्शन पनि गर्नुभयो’, पण्डितले भने, ‘कुराकानीका क्रममा मैले आजै इजरायल(हमासबीच युद्धविराम पनि हुँदै छ, आजै महामहिमसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने अवसर पनि प्राप्त गरेँ भनेको थिएँ। यसलाई उहाँले पनि गजबको संयोगका रूपमा लिनुभयो।’

कुराकानीका क्रममा पण्डितले युद्धविरामसँगै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ पनि छिट्टै हुने र उनको रिहाइलाई इजरायली सरकारले पनि प्राथमिकता दिएर पहल गर्ने अपेक्षा व्यक्त गरेका थिए। त्यस क्रममा उनले आफू विपिन अपहरणमा परेको स्थानसम्म पुगेको जानकारी पनि गराए।

‘ओहो, तपाईं त्यो ठाउँसम्म पनि पुग्नुभयोरु’ राष्ट्रपति हर्जोगले आश्चर्य प्रकट गर्दै भने, ‘त्यो ठाउँसम्म पुगेर वास्तविकता बुझ्नु भएकोमा धन्यवाद छ।’

राजदूत पण्डितले इजरायल(हमासबीच युद्धविराम हुने तय भएसँगै नेपालको परराष्ट्रमन्त्रीले विपिनको रिहाइका लागि कतार, इजिप्ट, पाकिस्तानलगायत विभिन्न पक्षसँग कुराकानी गरेको जानकारी गराए।

राष्ट्रपति हर्जोगले विपिनको शीघ्र रिहाइका लागि आफ्नो सकारात्मक सहयोग हुने अवगत राजदूत पण्डितलाई गराएका द्छटन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group