ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा एप्पलका स्मार्टफोन बिक्रीमा गिरावट, भीभो र हुवावेको बजार हिस्सा बढ्यो


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   १२ : २०   बजे

काठमाडौं ४ माघ । चीनमा अघिल्लो वर्ष सन् २०२४ मा एप्पलले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको छ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा गएको वर्षभन्दा यसको बिक्री केही घटेको नयाँ तथ्याङ्कले देखाएको हो ।

अमेरिकामा मुख्यालय रहेको विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा बिक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भीभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको तथ्याङ्कमा उल्लेख छ ।

चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि झण्डै १५ प्रतिशत बिक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन बिक्री गरेकोमा यो सङ्ख्या सन् २०२४ मा चार करोड २० लाख ९० हजारमा सीमित भएको छ ।

स्थानीय उत्पादनहरु शीर्ष स्थानमा रहेको भीभोले कम्पनीको रणनीतिले आफ्नो स्थान बलियो बनाउँदै गएको र हुवावेले घरेलु बजारमा पुनरुत्थान गरेको अध्ययनमा उल्लेख छ । हुवावेले गएको वर्ष कुल स्मार्टफोनको निर्यातमा ३७ प्रतिशतले वृद्धि गरेको छ ।

एप्पलको आईफोन चीनमा अझै पनि लोकप्रिय छ, तर विशाल बजारका कारण धेरै उपभोक्ताहरू घरेलु विकल्पमा आकर्षित भइरहदा बजारको क्षेत्र र प्रतिस्पर्धा तीव्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu