ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता अनुमोदन


एबीसी न्यूज
५ माघ २०८१, शनिबार   १२ : १८   बजे

काठमाडौं ५ माघ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब भोलि आइतवारदेखि युद्धविराम लागू हुने बाटो खुलेको छ ।

युद्धविराम प्रस्ताव अनुमोदन गर्नेरनगर्ने विषयमा घण्टौँसम्म छलफल भएको थियो । दुई जना मन्त्रीहरूले सम्झौताको विरोधमा मतदान गरेका बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र सुरक्षा मन्त्रिपरिषदले युद्धविरामले युद्धको उद्देश्य प्राप्त गर्न सहयोग गर्ने भन्दै अनुमोदन गर्न सिफारिश गरेको थियो । हमासले पनि युद्धविराम सम्झौता र बन्धक रिहाइको सम्झौता पारित गरिसकेको छ ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा गएको बुधवार राति दोहामा भएको वार्तामा सहमति जुटेको थियो । इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौता अनुमोदन गरेसँगै १५ महिनादेखिको युद्ध रोकिने छ ।

सम्झौताअनुसार हमासले विभिन्न चरणमा ३३ जना बन्धक रिहाइ गर्नेछ भने इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई मुक्त गर्नेछ । इजरायली सेना पनि गाजाको घना बस्ती भएको क्षेत्रबाट फिर्ता हुनेछन् ।

विस्थापित प्यालेस्टाइनलाई आफ्नो घर फर्कन अनुमति दिइनेछ र हरेक दिन सयौँ सहायता ट्रकहरूलाई गाजा प्रवेश गर्न अनुमति दिइनेछ । पहिलो चरणको सम्झौता कार्यान्वयनपछि दोस्रो चरणको सम्झौता हुनेछ । जसमा, बाँकी बन्धकहरूलाई रिहा गर्ने, इजरायली सेना पूर्ण रुपमा फिर्ता लिने र दीगो शान्तिको थालनी हुनेछ । अन्तिम चरणमा गाजाको पुनर्निर्माण हुनेछ ।

गाजा ध्वस्त भइसकेकाले पुनर्निर्माणको लागि केही वर्ष लाग्न सक्छ । कतारले पहिलो चरणमा रिहा गरिने बन्धकहरूमा महिला, महिला सैनिक, बालबालिका, वृद्ध, बिरामी र घाइते नागरिकहरू समावेश हुने बताएको छ ।

सन् २०२३ को अक्टोबरमा हमासले १२ सय जनाको ज्यान जानेगरी इजरायलमा आक्रमण गरेको थियो भने २ सय ५१ जनालाई बन्धक बनाएको थियो । यसअघिको युद्धविराममा केही बन्धकको रिहाइ भइसकेको छ, केहीको युद्धकै क्रममा ज्यान गएको छ । ६० जनाको हाराहारीमा अझै जीवित रहेको अनुमान छ ।

नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । सम्झौताअनुसार शुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन पनि मुक्त हुन सक्ने र आइतवार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने नेपाल सरकारको विश्वास छ ।

हमासले गरेको आक्रमणको जवाफमा इजरायलले गाजा नै ध्वस्त हुनेगरी जवाफी कारबाही शुरू गरेको थियो । १५ महिनामा गाजामा ४७ हजार जनाको ज्यान गएको छ । २३ लाख जना मानिस विस्थापित भएका छन् । गाजामा खाद्यान्न, ईन्धन, औषधि र आश्रयको चर्को अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group