ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव


एबीसी न्यूज
५ माघ २०८१, शनिबार   ५ : ११   बजे

काठमाडौं ५ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । बलिदानी दिवसको अवसरमा आज सिरहाको लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि पत्रकारसँगको कुराकानीमा उहाँले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफ्नो पार्टी जसपा नेपाल तत्काल मोर्चामा सहभागी हुने सोंचमा नरहेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा सक्रिय बनाउन प्रयास गर्दै आउनुभएको छ । २०८० साल असारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९नेपाल० र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । तर पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल समाजवादी मोर्चामा सक्रिय छैन ।

यसअघि हिजो प्रतिपक्षमा रहेका सात दल नेकपा माओवादी केन्द्रसहित, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी ९आजपा० र महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टीले संयुक्त विज्ञप्ति निकालेर सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन गर्न खोजिरहेको आरोप लगाएका थिए ।

जसपा नेपालका अध्यक्ष यादवले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यस्तै राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।

मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । मधेस आन्दोलनको १८ वर्ष पूरा भएको छ । २०६२र०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा संघीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो ।

माघ २ गतेदेखि शुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेसभर आन्दोलन चर्किएको थियो । अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । त्यही आन्दोलनको जगमा देशमा संघीयता र संविधान आएको भन्दै हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group