काठमाडौं ५ माघ । नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ। भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो।
भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रुपमा गरे। सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा र्याली आयोजना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्