ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहारा चितवनमा रविसहित १४ नयाँ प्रतिवादी, ३८ करोड बढी बिगो मागदाबी गर्नु पर्ने राय


एबीसी न्यूज
७ माघ २०८१, सोमबार   २ : ३४   बजे

काठमाडौं ७ माघ ।   चितवनको भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको  अनुसन्धान सकेको प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।

यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकाले साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या ३१ पुग्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले दुई चरणमा पक्राउ पुर्जी लिइएका १४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको पछिल्लो प्रतिवेदन गत शुक्रबार बुझाइएको अनलाइनखबरलाई बताए ।

प्रहरीले चितवन जिल्ला अदालतबाट ७ मंसिरमा पूर्वगृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । अनुसन्धानको क्रममा थप व्यक्ति खुलेपछि चार जनाविरुद्ध पुनः पक्राउ पुर्जी लिएको थियो । जसकारण पूरक अभियोजनमा थप १४ नयाँ प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले अनुसन्धान प्रतिवेदन आएको पुष्टि गर्दै अध्ययनकै क्रममा रहेको बताए । ‘प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । हामी अध्ययन गर्दैछौं । त्यसपछि मात्रै मुद्दा दर्ताको प्रक्रिया अघि बढ्छ,’ लुइँटेलले अनलाइनखबरसँग भने ।

यसअघि ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै ८ भदौमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले १४ जना नयाँ प्रतिवादी समेत थपिएकाले बिगो रकम बढेर ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ पुगेको एक अनुसन्धान अधिकृतले बताए ।

गत मंसिर पहिलो साता २४ बचतकर्ताले रविसहित १० व्यक्तिविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो । त्यतिबेला साहाराका बचतकर्ताले रवि र पूर्वडीआईजी छविलाल जोशीसहित जीबी ग्रुप अफ कम्पनीका सेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का सेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ र रामबहादुर खनालविरुद्ध उजुरी दिएका छन् ।

अहिले उनीहरू सहित १४ जनालाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको थियो ।

प्रहरीले ९ मंसिरमा रविलाई काठमाडौंबाट चितवन लगेर बयान समेत गराएको थियो । चितवनबाट रातारात पोखरा लगिएको भन्दै चौतर्फी विरोध समेत भएको थियो ।

साहारा चितवन सहकारीको १० लाख बढी रकम गोर्खा मिडियामा

प्रहरीका अनुसार पोखराको सूर्यदर्शन तथा बुटवलको सुप्रिम सहकारीमा जस्तै साहाराबाट रवि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको भेटिएको छैन । तर यो सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा रविलाई पनि प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको छ ।

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको निष्कर्ष निकालेको थियो ।

यसमध्ये ६५ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा ल्याई अपचलन भएको भन्दै रवि लामिछाने, छविलाल जोशी, जीबी राई, र कुमार रम्तेलविरुद्ध प्रचलित कानुन बमोजिम कारबाही गर्न समितिले सिफारिस गरेको थियो ।

दोस्रो चरणको अनुसन्धानको क्रममा गितेन्द्रबाबु ९जीबी० राईले सञ्चालन गरेको गोर्खा मिडियामा १० लाख रुपैयाँ गएको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानले प्रतिवेदनले गोर्खा मिडियामा १० लाख ८० हजार १५१ रुपैयाँ रकम साहारा चितवन सहकारीबाट सोझै गएको औंल्याएको छ ।

‘अन्य माध्यमबाट रकम लगेर गोर्खा मिडियामा लगेको भए हाम्रो जानकारीमा हुने अवस्था भएन । तर साहारा चितवनको भने १० लाख बढी रकम सोझै गोर्खा मिडियामा गएको भेटिएको छ’ एक अनुसन्धान अधिकृतले भने ।

यसअघि पहिलो चरणको अभियोगपत्रमा समेत गोर्खा मिडियामा रकम गएको बारे फरक–फरक विवरण भेटिएको उल्लेख गरिएको थियो ।

अन्य कम्पनीमा ४३ करोड

गोर्खा मिडिया बाहेक अन्य कम्पनीहरुमा ४३ करोड रुपैयाँ बढी रकम गएको भेटिएको छ । प्रहरीको अनुसन्धान रिपोर्टकाअनुसार गोर्खा मिडिया बाहेकका कम्पनीहरुमा ४३ करोड १४ लाख ९९ हजार ९८८ रुपैयाँ लगेको भेटिएको छ ।

जीबीकै अर्को कम्पनी नेचर हर्ब इन्टरनेशनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, नेचर नेस्ट, स्प्रिङ उड रियल स्टेटलगायत कम्पनीहरूमा उक्त रकम गएको भेटिएको छ ।

अन्य कम्पनीमा मात्रै ४३ करोड गए पनि प्रहरीले बिगो मागदाबी भने ३८ करोड ९ लाखको गरेको छ । यसबारे एक अनुसन्धान अधिकृत भन्छन्, ‘बाँकी रकम संस्थाकै आम्दानी पनि हुनसक्छ तर पीडित बचतकचर्ताको मागदाबी र ठगिएको रकम ३८ करोढ ९ लाख भएकाले सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने राय हाम्रो हो ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu