ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थल सञ्चालन गर्न नसक्दा गण्डकीले थुप्रै चुनौती व्यहोरिरहेको छ -मुख्यमन्त्री पाण्डे


एबीसी न्यूज
९ माघ २०८१, बुधबार   ३ : १६   बजे

काठमाडौं ९ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न संघ र प्रदेश सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले पोखरामा गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दा गण्डकीले थुप्रै चुनौती व्यहोरिरहेको बताए।

विकासका क्रममा कनेक्टीभीटी सबैभन्दा महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्री पाण्डेले सडक कनेक्टीभीटी चुनौती र कष्टकर रहेको बताए । ‘सडक कनेक्टीभीटी चुनौती र कष्टकर छ, हवाई यातायात कहिले मौसमका कारण त कहिले व्यवस्थापनका कारण समयमै यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन्,’ उनले भने, ‘गण्डकीमा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि सञ्चालन गर्न नसक्दा थुप्रै चुनौती व्यहोरिरहेका छौं ।’ गण्डकी प्रदेशले चाहेर मात्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने उनको भनाई छ ।

छिमेकी मुलुक भारत र चीनबाट गण्डकीमा उच्चस्तरिय भम्रण भइरहँदा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नेबारे छलफल गरिरहेको समेत मुख्यमन्त्री पाण्डेले बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कुरा र सहयोगका लागि आफ्नो क्षेत्रबाट गर्नुपर्ने धेरै कार्यहरु गरिरहेका छौं, तर पनि हामीले नियमित रुपमा सञ्चालन गर्न सकिरहेको छैन,’ उनले भने, ‘विमानस्थल सञ्चालन गरेर गण्डकी प्रदेशमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि छिट्टै सुविधाजनक कनेक्टीभीटीको सुरुवात हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकारमा एमालेका चार मन्त्री, नयाँ अनुहारलाई प्राथमिकता

कारागारलाई ‘दण्ड गृह’ होइन, ‘सुधार गृह’ बनाउने सरकारको योजना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu