ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविविरुद्ध उच्च र जिल्लाका ८ जना सरकारी वकिलले बहस गर्दै, थुनछेक आज नसकिने


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   ३ : २९   बजे

काठमाडौं १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सुप्रिम सहकारी ठगीको मुद्दामा आज बिहीबार पनि थुनछेक बहस नसकिने भएको छ।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो। यसअघि बुधबार उनैको इजलासमा बयान सकिएपछि बिहीबारबाट थुनछेक बहस सुरु गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका ५ जना र उच्च सरकारी वकिल कार्यालय बुटवलका ३ जनाले बहस गर्ने भएकाले एकै दिनमा बहस नसकिने भएको हो।

दिउँसो २ बजे खाजा ब्रेकसम्म जिल्ला सरकारी वकिल कार्यालयका ५ जनाले बहस गरेका छन्। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु गोकर्णराज घिमिरे, सुनिल लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरेका छन्।

अब खाजा ब्रेकपछि उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्ने जिल्ला सरकारी वकिल प्रमुख प्रेमराज पौडेलले बताए।

अझै एक घण्टा भन्दा बढी अभियोजनकर्ता सरकारी वकिलकै तर्फबाट बहस हुने पौडेलले नेपालखबरलाई बताए। न्यायाधीश योगीले बहस सुरु हुने बेलामा आजै थुनछेक सक्ने बताएका थिए। उनले सरकारी वकिललाई एक घण्टामा बहस सक्न भनेका थिए। तर न्यायाधीशले भनेको समयमा बहस नसकिने भएको हो।

सरकारी वकिलको बहसपछि जाहेरवालाको तर्फबाट बहस हुनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी बहसका लागि अदालत पुगिसकेका छन्।

यसअघि उनीहरूले पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि जाहेरवालाको तर्फबाट बहस गरेका थिए।

आज जाहेरवालाको तर्फबाट पनि बहस सकिए शुक्रबार रविको तर्फबाट बहस हुनेछ। त्यसपछि सरकारी वकिल र जाहेरवालाको तर्फबाट जवाफी बहस भएपछि शुक्रबार नै आदेश आउने सम्भावना छ।

रविलाई मुद्दा हेर्दाहेर्दैमा रहँदा पनि न्यायाधीशले हिरासतमा नराखी परिवारको जिम्मा लगाएर पठाउने आदेश गरेका छन्। बुधबार बयानपछि उनलाई पत्नी निकिताको जिम्मा लगाएर पठाइएको थियो। बिहीबार उनी इजलासले भनेकै समयमा उपस्थित भएका छन्।

आज पनि उनलाई थुनामा नपठाई परिवारकै जिम्मा लगाउने सम्भावना छ। रविविरुद्ध सुप्रिम सहकारी ठगीको अभियोगमा साढे चार करोड बिगो कायम गरेर सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ। पूरक अभियोगमा २२ जनालाई प्रतिवादी बनाइए पनि रवि पहिले अदालतमा उपस्थित भएका हुन्।
यसअघि उनी सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख र स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटीमा रिहा भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group