ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहस नै नगरी रविलाई परिवारको जिम्मा लगाएको भन्दै सरकारी वकिलको आपत्ति


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   ३ : ३५   बजे

काठमाडौं १० माघ । सुप्रिम सहकारी ठगीका अभियुक्त रवि लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाएकोमा सरकारी वकिलले आपत्ति जनाएका छन्। बिहीबार थुनछेक बहस सुरु हुने बेलामा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले बहस नसकिँदै परिवारको जिम्मा लगाएको भन्दै न्यायाधीश प्रल्हादकुमार योगीलाई थुनछेक बहसको औचित्यमाथि नै प्रश्न उठाएका थिए।

‘सहकारी ठगी र सङ्गठित अपराधका कसुरदारलाई थुनछेक बहस नै नभई परिवारको जिम्मा लगाइएको छ। हाजिर भएकै दिन कुनै बहस नै नसुनी परिवारको जिम्मा लगाइसकेपछि अब यो थुनछेक बहसको औचित्य के रह्यो त श्रीमान्  पौडेलले प्रश्न उठाए।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार न्यायाधीश र रवि लामिछानेका वकिलले भने यस्ता प्रचलन पहिले पनि रहेको तर्क गरेका थिए। लामिछाने आफैँ हाजिर भएको र यसअघि पनि प्रहरीले नै रिहा गरेर पठाएकाले उनलाई परिवार र कानुन व्यवसायीकै जिम्मा लगाउनु उचित भएको तर्क गरे।

अहिले नै कसुरदार ठहर भई नसकेको र लामो समय हिरासतमा बसेकाले पनि उनलाई अब त्यसरी नराखी परिवारकै जिम्मामा रिहा गर्नु उचित हुने रवि पक्षका वकिलको तर्क छ।

सरकारी वकिलले भने उनी कसुरदार रहेको पर्याप्त प्रमाण रहेको र उनलाई हिरासतमै राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने रहेको तर न्यायाधीशले आफ्नो कुरै नसुनी परिवारको जिम्मामा पठाएको भन्दै आपत्ति जनाए।

केही बेरको छलफलपछि न्यायाधीश योगीले बहस सुरु गर्न सरकारी वकिललाई भने। उनले एक घण्टाभित्रमा अभियोजनकर्ताको तर्फबाट बहस सक्न समय तोकेका थिए। तर सरकारी वकिलको बहस भने अझै सकिएको छैन।

दिउँसो २ बजे खाजा ब्रेकसम्म जिल्ला सरकारी वकिल कार्यालयका ५ जनाले बहस गरेका छन्। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, सुनिल लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरेका छन्।

त्यसपछि उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन्।

सरकारी वकिलको बहसपछि जाहेरवालाको तर्फबाट बहस हुनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी बहसका लागि अदालत पुगिसकेका छन्।

यसअघि उनीहरूले पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि जाहेरवालाको तर्फबाट बहस गरेका थिए।

आज जाहेरवालाको तर्फबाट पनि बहस सकिए शुक्रबार रविको तर्फबाट बहस हुनेछ। त्यसपछि सरकारी वकिल र जाहेरवालाको तर्फबाट जवाफी बहस भएपछि शुक्रबार नै आदेश आउने सम्भावना छ।

रविलाई मुद्दा हेर्दाहेर्दैमा रहँदा पनि न्यायाधीशले हिरासतमा नराखी परिवारको जिम्मा लगाएर पठाउने आदेश गरेका छन्। बुधबार बयानपछि उनलाई पत्नी निकिताको जिम्मा लगाएर पठाइएको थियो। बिहीबार उनी इजलासले भनेकै समयमा उपस्थित भएका छन्।

आज पनि उनलाई थुनामा नपठाई परिवारकै जिम्मा लगाउने सम्भावना छ। रविविरुद्ध सुप्रिम सहकारी ठगीको अभियोगमा साढे चार करोड बिगो कायम गरेर सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ। पूरक अभियोगमा २२ जनालाई प्रतिवादी बनाइए पनि रवि पहिले अदालतमा उपस्थित भएका हुन्।

यसअघि उनी सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख र स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटीमा रिहा भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group