ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   ३ : ५४   बजे

काठमाडौं १० माघ । मधेश प्रदेश सरकारले पेश गरेको प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ सच्याएर ल्याउन सत्ता र प्रतिपक्षी दलका सांसदहरूले माग गरेका छन् ।

बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव पेश गरेकी थिइन् ।

बिहीबार प्रदेश सभाको बैठक सुरू हुने वित्तिकै सत्ताघटक एमालेका सांसद राजेन्द्र चौधरीले बुधबार सदनमा पेश विधेयकमा थारू लगायतका मातृभाषालाई नसमेटी ल्याएको विधेयक सच्याउन माग गरे ।

यसका साथै सत्ताधारी दल नेपाली काँग्रेस सचेतक जिवछि देवी यादवले मातृभाषालाई छुट्टाउनु भनेको आमाको दूधको दशधारा बिर्सनु रहेको भन्‍दै उनले मातृभाषालाई नसमेटेसम्म सदन चल्न नदिने बताइन् ।

उनले भनिन्, ‘मातृभाषा भनेको आमाको दूध बराबर हो। बच्चा जन्मेदेखि नै आमाको भाषा सिकेर आएको हुन्छ भने उसले आफ्नो भाषा कसरी बिर्सन सक्छ। यसबारेमा प्रदेश सरकारले सम्पूर्ण मातृभाषालाई समेटियोस्। विधेयकमा मातृभाषा नसमेटिएसम्म कांग्रेसले सदन चल्न दिदैन।’

 

यस्तै जनमतका प्रमुख सचेतक चन्दन सिंहले बिना छलफल नै मातृभाषालाई नमेटेर विधेयक ल्याएको भन्द‍ै मधेशका सबै मातृभाषालाई समेट्न माग गरेका छन् ।

यस्तै लोसपाका सांसद जयलुन राईनले मुस्लिमको उर्दू भाषालाई पनि बाइपास गरेको भन्‍दै विधेयकमा समावेश गर्न माग गरे ।

यस्तै नेकपा माओवादी केन्द्र सांसद युवराज भट्टराईले मधेश प्रदेशमा रहेका मौलिक भाषाहरू थारू, मगर, मगही, तामाङलगायतका मातृभाषाहरूलाई सम्बोधन गर्न जोडदार माग गरे ।

‘मधेशका मौलिका भाषाहरू थारू, मगर, मगही, तामाङलगायतका मातृभाषाहरूलाई सरकारले सम्बोधन गरियोस् भनेर म जोडदार रुपमा सरकारसँग माग गर्न चाहन्छु।’ उनले भने ।

यस्तै एकीकृत समाजवादीकी सांसद बेची लुंगेलीले मगर, तामाङ, थारू, मगहीलगायका मातृभाषालाई मारेर प्रदेशको विकास सम्भव नभएको भन्‍दै विधेयक संशोधन गर्न माग गरिन् । उनले भनिन्, ‘ मातृभाषा जोगाउनुको साटो उल्टै प्रदेश सरकारले नै मार्ने हो भने प्रदेशको विकास कुनै पनि हालतमा सम्भव नै छैन। त्यसकारण विधेयकमा मातृभाषालाई स्थान दिइयोस्।’

यसअघि मगही समुदायले जनकपुर चोकमा विधेयकमा मगही भााषा मसमावेश गर्न माग गर्दै मसाल जुलुस निकाले छन् भने सदन बाहिर गेटमा थारू सांसदहरूले प्रदर्शन गरेका थिए ।

प्रदेश सभा बैठकमा सांसदहरूले बोलिरहँदा सभामुखले १० मिनेटका बैठक स्थगित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group