ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एडिबी निर्देशक र गृहमन्त्रीबीच भेटवार्ता, सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न आग्रह


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   ४ : ००   बजे

काठमाडौं १० माघ । एसियाली विकास बैंक एडिबीका नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।

साथै मन्त्री लेखकले पुर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडिबीसित आग्रह गरे ।

त्यसैगरी मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबिच सुदूरपश्चिममा चार पालिकामा एडिबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।

एडिबी प्रतिनिधिहरूसितको छलफलमा मन्त्री लेखकले गत बर्ष एडिबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको सर्वे रिपोर्ट कार्यान्वयनमा समेत जोड दिनुभयो । एडिबीका निर्देशक आर्नो कोस्वाले उक्त विषयमा एडिबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group