ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी र मधेश प्रदेशमा मन्द शीतलहर, जनजीवन प्रभावित


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   १० : ०९   बजे

काठमाडौं १२ माघ । अहिले मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा मन्द शीतलहर चलिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा भोलिसम्म शीतलहर चल्ने अनुमान छ । बाँकी तराईका धेरै ठाउँमा आज पनि हुस्सुरकुहिरो लागेको र दिउँसोपछि केही खुल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी र हिमाली भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी पहाडी र हिमाली भागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

महाशाखाले तराई मधेशमा चिसोबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको सुनसरीको कोशी गाउँपालिका–७ का झगडु सदाले बताउनुभयो ।

अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । चिसो र शीतलहरको कारण आफूहरु जोखिममा परेको सर्लाहीको बसवरिया गाउँपालिका–३ मुसहर माझी बस्तीकी जोनिता माझीले बताउनुभयो ।

तराई मधेशका सबैजसो जिल्लामा चिसोको समस्या छ । तराईरमधेशमा हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन प्रभावित बनिरहँदा पहाडी र हिमाली क्षेत्रमा भने चिसो घटिरहेको छ ।

पश्चिमी वायुको प्रणाली कमजोर हुँदा चाँडै चिसो घटेको मौसमविद् सुदर्शन हुमागाईंले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा अघिल्लो वर्षको यही समयको औसत तापक्रम भन्दा यस वर्ष औसत तापक्रम ५ दशमलव दुई डिग्री सेल्सियसले बढेको छ । यो क्रम सबैजसो पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ ।

यसपटक हिउँद सुक्खा भएको छ । बितेका केही वर्षदेखि नै नेपालमा हिउँद सुक्खा हुन थालेको छ । यसैबीच तराईमा चिसो र बाँकी भागमा तातो बढे पनि वायु प्रदूषण सबैतिर बढेको छ ।

हिउँदे वर्षा नभएकोले सुक्खा हावामा प्रदूषणको मात्रा बढ्दै गएको वातावरण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो ।

अहिले हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ७४ रहेको काठमाण्डौ विश्वका प्रदूषित शहरको सूचीको नवौँ स्थानमा छ । एक्यूआई एक सय ५० भन्दा धेरै भएको हावालाई अस्वस्थर मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu